२६ आश्विन २०८२, आईतवार
प्रदेस समाचार बागमती मुख्‍य समाचार समाचार समाज

चितवनको राप्ती नगरपालिकाका मेयरले चलाएको गाडीमा आक्रमण

२४ असार, चितवन । चितवनको राप्ती नगरपालिकाका मेयर शमशेर लामा सवार गाडीमाथि आक्रमण भएको छ ।

आइतवार राति अन्दाजी सवा ९ बजे वडा नं २ स्थित बुद्धशान्ति माविको पछाडि लामा सवार बा २ झ ३६६६ नम्बरको स्कार्पियो गाडीमाथि आक्रमण भएको हो । आक्रमणबाट गाडीको पछाडिको भागको सिसा फुटेको छ । उनी भने सकुशल छन् ।

लामा आफैंले कार्यालयको गाडी चलाएका थिए । कार्यालयमा सवारी चालक भए पनि लामा आफैंले गाडी लिएर हिँड्ने गर्छन् ।

आक्रमण गर्ने समूहको पहिचान भएको छैन । प्रहरीले घटनाको अनुसन्धान भइरहेको जनाएको छ ।लामा र वडाध्यक्षहरुका बीचमा लामो समयदेखि विवाद हुँदै आएको छ । विवादका कारणले नगरसभासमेत लामाले गर्न सकेका छैनन् । केही समय अगाडि लामाकै माग अनुसार जिल्ला सुरक्षा समितिले उनको सुरक्षाका लागि एक जना पिएसओ समेत खटाएको छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि