२७ फाल्गुन २०८२, बुधबार
मुख्‍य समाचार राजनीति समाचार समाज

माधव नेपाललाई सर्वसम्मत अध्यक्ष बनाउने तयारी

२० असार , काठमाडौं । नेकपा (एकीकृत समाजवादी)को अध्यक्षमा माधवकुमार नेपाललाई सर्वसम्मत बनाउनेगरी कसरत भइरहेको नेताहरुले बताएका छन् ।

महासचिव घनश्याम भुसाललाई महासचिवमै रहन नेपाले प्रस्ताव गरेको र सहमतिको प्रयास भइरहेको छ । भुसाल पछाडि हट्ने मनस्थितिमा रहेको नेपाल निकट नेताहरुको दाबी छ ।

भुसाललाई वरिष्ठ उपाध्यक्ष वा महासचिव दुईमध्ये एक रोजाइएको छ । सम्मानीत नेता झलनाथ खनालले पनि आफ्नो दावी छाड्ने जनाइएको छ । हि

असार १६ गते उदघाटन गरिएको १०औं महाधिवेशनमा बुधबार पार्टीको दस्तावेज पारित भइसकेपछि नेतृत्व चयनका लागि छलफल सुरु भएको हो ।

महाधिवेशनबाट २१ पदाधिकारीसहित २९९ सदस्यीय केन्द्रीय कमिटी चयन हुनेछ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि