६ पुष २०८२, आईतवार
प्रदेस समाचार मुख्‍य समाचार समाचार समाज सुदूरपश्चिम

फरार प्रतिवादी पक्राउ गर्न गोली प्रहार

२० असार, नेपालगञ्ज । बाँकेको डुडुवा गाउँपालिका–६ स्थित सिखनपुरवामा फरार प्रतिवादी पक्राउ गर्न खोज्दा स्थानीय र प्रहरीबीच झडप भएको छ ।

स्थानीयले प्रहरीमाथि ढुङ्गामुढा गरेपछि प्रहरीले आत्मरक्षाका लागि एक राउण्ड हवाई फायर र दुई राउण्ड गोली प्रहार गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक तुलबहादुर कार्कीले जानकारी दिए । “झडप भएपछि प्रहरीले बाध्य भएर गोली प्रहार गरेको थियो”,उनले भने ।

प्रहरी उपरीक्षक कार्कीका अनुसार झडपमा एक स्थानीय महिला र वरिष्ठ प्रहरी हवल्दार मदन डाँगी घाइते भएका छन् । प्रहरी हवल्दार डाँगीलाई स्थानीयले प्रहार गरेको इट्टाले टाउकोमा चोट लागेको छ । घाइते दुवैको भेरी अस्पताल नेपालगञ्जमा उपचार भइरहेको उहाँले जानकारी दिए ।

“डुडुवा गाउँपालिका–६ का ६५ वर्षीय सोन्नामसिंह सर्दार छ वर्षदेखि डाँका मुद्दामा फरार प्रतिवादी हुन् । उनी भागेपछि खुट्टामा गोली प्रहार गरेर नियन्त्रणमा लिएका हौँ”, प्रहरी उपरीक्षक कार्कीले भने, “निजलाई सुरुमा प्रहरीले पक्राउ गरेको थियो । स्थानीयले निजलाई भाग्न सहयोग गरेपछि पुनः पक्राउ गर्न खुट्टामा गोली प्रहार गरिएको हो ।” उनका अनुसार फरार प्रतिवादी सर्दारलाई पक्राउ गर्न खोज्दा करिब एक घण्टा स्थिति तनावग्रस्त बनेको थियो ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि