६ पुष २०८२, आईतवार
प्रदेस समाचार मुख्‍य समाचार समाचार समाज सुदूरपश्चिम

कैलालीका किसानलाई बाख्रा वितरण

१९ असार, कैलाली । कैलालीको चुरे गाउँपालिकाले चालु आर्थिक वर्ष २०८०८१ मा एक सय १२ किसानलाई खरी जातका बाख्रा वितरण गरेको छ । गाउँपालिकाले न्यून आयस्रोत भएका विपन्न, गरिब, असहाय र बाढीपीडित परिवारलाई प्राथामिकतामा राखेर बाख्रा वितरण गरेको हो ।

चुरे गाउँपालिकाको पशु सेवा शाखाका प्रमुख धर्मराज भट्टका अनुसार चुरे–३ मा ५०, वडा नं ४ मा १४, वडा नं ५ मा १२, वडा नं ६ मा २६ र वडा नं ३ मा १० परिवारलाई बाख्रा वितरण गरिएको छ । पचहत्तर प्रतिशत गाउँपालिका र २५ प्रतिशत किसान स्वयंले व्यहोर्ने गरी प्रत्येक परिवारलाई अनुदानमा एक-एकवटा बाख्रा वितरण गरिएको हो ।“विदेश जानुभन्दा गाउँमै पशुपालन र कृषि क्षेत्रमा लाग्न अभिप्रेरित गर्न किसान लक्षित अनुदानका कार्यक्रम बर्सेनि बढाउँदै लगिने छ”,उनले भने ।

यसैगरी चुरे–५ मा प्रदेश सरकारको ५० प्रतिशत सशर्त अनुदानबाट रु पाँच लाखको लागतमा खोर सुधार कार्यक्रम अन्तर्गत खोर निर्माण गरिएको छ । गाउँपालिकाको ७५ प्रतिशत अनुदानमा रु आठ लाखमा १६ बाख्रा नुहाउने ट्याङ्की निर्माण गरिनुका साथै र रु आठ लाखमा बोकालाई खसी बनाउने मेसिन किसानलाई वितरण गरेको पशु शाखाले जनाएको छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि