२७ फाल्गुन २०८२, बुधबार
मुख्‍य समाचार समाचार समाज

एआईजी जोशीको अवकाश, पोखरेललाई २ दिन एआईजी बन्ने बाटो खुल्यो

१९ असार, काठमाडौं । प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) उमेशराज जोशी सेवा निवृत्त भएका छन् ।

मंगलबार राति १२ बजेबाट उनी अनिवार्य अवकाशमा भएका हुन् । निमित्त आईजी टेकप्रसाद राईले एक कार्यक्रमकाबीच जोशीलाई बिदाइ गरेका थिए ।

अवकाशमा गएका जोशी ५ चैत २०५१ मा प्रहरी निरीक्षक पदमा नियुक्त भई प्रहरी सेवामा प्रवेश गरेका थिए । एआईजी जोशी प्रहरी नियमावली २०७१ बमोजिम ५६ वर्ष उमेर हदको कारण अवकाश भएका हुन् ।

जोशीका ठाउँमा बढुवा गर्न डीआईजी पोषराज पोखरेललाई यसअघि नै सिफारिस गरिएको छ । जोशी अवकाशमा गएसँगै पोखरेललाई एआईजीमा बढुवा गर्ने बाटो खुलेको छ ।एआईजी बढुवा भए पनि पोखरेल पनि २१ असारबाटै अवकाशमा जानेछन् । उनी २ दिन मात्रै एआईजीको भूमिकामा रहनेछन् ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि