९ पुष २०८२, बुधबार
गण्डकी प्रदेस समाचार मुख्‍य समाचार समाचार समाज

पोखरामा एटीएम मेसिन फुटाएर रकम चोरी गर्न खोज्ने समातिए

१९ असार, काठमाडौं । पोखरा महानगरपालिका-५ जिरो किलोमा रहेको एनएमबी बैंकको एटीएम फुटाउन खोज्ने व्यक्ति पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा धादिङको सिद्धलेक गाउँपालिका-३ घर भएका २३ वर्षीय रुपेश नेपाली छन् । उनले मंगलबार दिउँसो साढे २ बजेको समयमा जिरो किलोस्थित एनएमबी बैंकको एटीएम मेसिन फुटाएर रकम चोर्न खोजेका थिए ।

तर रकम चोरी गर्न नपाउँदै प्रहरीले उनलाई पक्राउ गरेको हो ।

पक्राउ परेका नेपालीविरुद्ध कास्की जिल्ला अदालतबाट चोरीको उद्योगमा ७ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि