१ चैत्र २०८२, आईतवार
मुख्‍य समाचार राजनीति

गिरिजाबाबुले प्रजातन्त्र मात्र फर्काउनु भएन गणतन्त्र समेत ल्याउनुभयो’

१८ असार , काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गिरिजाबाबु नभएको भए देशमा राजनीतिक परिवर्तन र गणतन्त्र केही नहुने बताएका छन् ।

मंगलबार पार्टी कार्यालय सानेपामा आयोजित गिरिजाप्रसाद कोरालालको क्रान्तिदेखि शान्तिसम्म फोटो प्रदर्शनीका क्रममा उनले कोइराला २००७ सालको क्रान्तिदेखि नेपालको राजनीतिमा क्रियाशील रहेको भन्दै उनले गर्दा नै देशमा गणतन्त्र आएको बताए ।

उनले भने, ‘गिरिजाबाबु नभएको देशमा राजनीतिक परिवर्तन, गणतन्त्र केही पनि हुदैँन् थियो । त्यसैले गिरिजाबाबु २००७ सालको क्रान्तिदेखि नेपालको राजनीति, प्रजातन्त्रमा अत्यन्तै क्रियाशील, सक्रिय र जुझारु व्यक्तित्वका कारणले नेपालमा प्रजातन्त्र आएको हो । मैंले विद्यार्थी बेलामा नै उहाँलाई चिनेको हुँ । ०२८ सालमा उहाँको समर्थन भएकै कारण पनि म नेविसंघको सभापति भएको हुँ ।’

उनले गरेको योगदान र प्राप्त गरेको उपलब्धीहरु बयान गर्न नसकिने पनि उनको भनाई छ ।

उनले भने, ‘नेपालमा प्रजातान्त्रिक आन्दोलन पनि २००७ सालदेखि नै लड्दै आउनु भएको थियो । उहाँ कहिल्यै नथाक्ने मान्छे हो । उहाँले गर्नु भएको योगदान, लड्नु भएको लडाइँ, प्राप्त गर्नुभएको उपलब्धी छोटो कुरा गरेर सकिदैन । उहाँले प्रजातन्त्रको लागि लड्दा लड्दा गणतन्त्र समेत ल्याउनुभयो ।’

कांग्रेसले गिरिजाप्रसाद कोइराला (गिरिजाबाबु) को शताब्दी जन्मजयन्तीमा मंगलबार पार्टी केन्द्रीय कार्यालय सानेपामा फोटो प्रदर्शनी गरेको हो ।

पूर्वप्रधानमन्त्री तथा कांग्रेसका पूर्वसभापति स्वर्गीय कोइरालाको १००औँ जन्मजयन्ती को अवसर मा ‘क्रान्तिदेखि शान्तिसम्म’ ऐतिहासिक तस्बिर प्रदर्शनी गरिएको हो ।

देउवाले उद्घाटन गरेको उक्त कार्यक्रममा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली, प्रधानमन्त्री एवम माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलगायत विभिन्न दलका नेताहरुको उपस्थिति थियो ।

थप समाचारहरु

राजनीति

विश्वासको मत लिनुअघि नै कोशी सरकारको हैसियत कामचलाउ

२८ असार, विराटनगर । प्रदेशसभामा विश्वासको मत परीक्षण गर्नुअगाडि नै कोशीका मुख्यमन्त्री उद्धव थापा नेतृत्व सरकारको हैसियत कामचलाउ बन्न पुगेको
राजनीति

सामाजिक सञ्जाललाई मर्यादित बनाउन कानुन ल्याउँछौं : सञ्‍चारमन्त्री शर्मा

२८ असार, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सामाजिक सञ्जाललाई मर्यादित बनाउन ठोस कदम चाल्ने बताएकी छन् ।