२६ आश्विन २०८२, आईतवार
कर्णाली प्रदेस समाचार मुख्‍य समाचार समाचार

मुसिकोटमा प्रधानमन्त्री रोजगार कार्यक्रमबाट तीन हजार युवा लाभान्वित

१८ असार, रुकुम पश्चिम । रुकुम पश्चिमको मुसिकोट नगरपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रमबाट पाँच वर्षको अवधिमा तीन हजार बढी व्यक्ति लाभान्वित भएका छन् ।

आर्थिक वर्ष २०७५-७६ देखि कार्यक्रम लागू भएदेखि हालसम्म तीन हजार ११ व्यक्तिले रोजगार प्राप्त गरेका नगरपालिकाका रोजगार संयोजक मायाकुमारी श्रीवास्तबले जानकारी दिए । उनका अनुसार यस अवधिमा उक्त कार्यक्रमबाट रु छ करोड ३४ लाख ७१ हजार चार सय खर्च भएको छ ।

आव २०७५-७६ मा स्वीकृत रु ४३ लाख बजेटबाट चार सय ४१ जनाले औसतमा ३० दिन रोजगार पाएका थिए । यस्तै आव २०७६-७७ मा रु ७१ लाख ८० हजार बजेटबाट चार सय ५० जनाले २८ दिन, आव २०७७-७८ मा रु दुई करोड ४६ लाख ६१ हजार बजेटबाट सात सय ७२ व्यक्तिले ५७ दिन, आव २०७८-७९ मा रु दुई करोड ५८ लाख १४ हजार स्वीस्कृत बजेटबाट आठ सय ८९व्यक्तिले ७४ दिन रोजगार प्राप्त गरेका रोजगार संयोजक श्रीवास्तबले जानकारी दिए । आव २०७९-८० मा रु एक करोड ८९ लाख २४ हजार बजेटमा तीन सय ६७ व्यक्तिले ७९ दिन र चालु आव २०८०-८१ मा रु ५८ लाख २५ हजार बजेटबाट ९२ व्यक्तिले ९० दिन रोजगार प्राप्त गरेको उनले जानकारी दिए ।

प्रधानमन्त्री रोजगार कार्यक्रमबाट गोरेटो बाटो, खेलकुद मैदान निर्माण, घेराबारलगायतका काम भएका छन् । कार्यक्रमबाट स्थानीयवासीलाई आर्थिक रुपमा सहज भएको नगरपालिकाले जनाएको छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि