२७ फाल्गुन २०८२, बुधबार
मुख्‍य समाचार समाचार समाज

उपसभामुख राना र सांसद सुहाङ नेम्वाङ चीन भ्रमणमा

१८ असार , काठमाडौं । उपसभामुख इन्दिरा राना सातदिने औपचारिक भ्रमणका लागि आज(मंगलबार) चीन प्रस्थान गरेकी छिन् ।

उपसभामुख राना चीनको स्वशासित क्षेत्र तिब्बतमा जुलाई २ देखि ५ सम्म आयोजना हुने चौथो चाइना सिज्याङ ट्रान्स–हिमालयन फोरम फर इन्टर नेशनल कर्पोरेसशनमा भाग लिन अपरान्ह १२ बजे छेन्दुतर्फ प्रस्थान गरेकी हुन् ।

उनले उक्त फोरममा प्रमुख बक्ताको रुपमा सम्बोधन गर्ने कार्यक्रम रहेको छ । भ्रमण दलमा प्रतिनिधीसभाका सदस्य सुहाङ नेम्बाङ र उपसभामुखका स्वकिय सचिव कुमार नेपाली पनि सहभागी छन् ।

फोरममा हिमाली क्षेत्रका यातयात, कृषि तथा औधोगिक क्षेत्रका साझा मुद्दाका बारेमा बहस हुनेछ । उपसभामुख राना असार २४ गते स्वदेश फर्कने कार्यक्रम छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि