२७ फाल्गुन २०८२, बुधबार
मुख्‍य समाचार समाचार समाज

कृषि मन्त्रालयका प्राविधिक कर्मचारी आन्दोलित

१८ असार, काठमाडौं । कृषि मन्त्रालयमा कार्यरत नेपाल सरकारको राजपत्रांकित तेस्रो श्रेणीका प्राविधिक कर्मचारीले कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा मंगलबार पनि धर्ना जारी राखेका छन् ।

कृषि मन्त्रालयमा समायोजन भएका राजपत्रांकित तेस्रो श्रेणीका प्राविधिक कर्मचारीहरूले आफ्नो वृत्ति विकास रोकिएकाले वृत्ति विकाससहितको दरबन्दी यकिन गर्न माग गर्दै धर्ना दिँदै आएका छन् ।

२०७५ सालमा सरकारले समायोजन अध्यायदेश ऐनमार्फत समायोजन गरेपछि संघमा समायोजित भएपनि विभिन्न बहानामा आफूहरुको वृत्ति विकासका लागि नियमित रुपमा लोक सेवा नखोलिएको र ओएनएम पनि नभएकाले सांकेतिक विरोध स्वरुप धर्नामा बसेको कर्मचारीहरुको भनाइ छ ।

चालु आर्थिक वर्षको अन्तिम समय भएकाले आफूहरुले काम नगरेपछि सरकारलाई दबाब सिर्जना भएको उनीहरुको दाबी छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि