१ चैत्र २०८२, आईतवार
मुख्‍य समाचार राजनीति समाचार

प्रधानमन्त्रीलाई ओलीको सुझाव : नियुक्ति, सरुवा, बढुवातिर नलाग्नुहोस

१६ असार ,काठमाडौँ । सत्तारुढ दल एमालेका अध्यक्ष केपी शर्मा ओलीले सानातिना नियुक्ति, सरुवा, बढुवातिर अल्झिएर बस्ने समय नरहेको बताए ।

आइतबार काठमाडौँमा पार्टीको कृषि तथा सहकारी विभागले आयोजना गरेको समृद्धिको आधार ःसम्मानित किसान र कृषिमा रुपान्तरण नीति सम्वाद कार्यक्रममा उनले प्रधानमन्त्रीलाई सानातिना नियुक्ती, सरुवा, बढुवातिर नअल्झिन सुझाव दिएका हुन् । नीतिगत सुधारका लागि ठोस प्रस्ताव ल्याउन उनको आग्रह छ ।

उनले भने,‘मैंले प्रधानमन्त्रीलाई भनेको छु । सानातिना नियुक्ति सरुवा बढुवातिर नअल्झियौँ  । पोलिसी म्याटरको छलफल गरौं । कुन क्षेत्रमा के कस्ता सुधार, परिवर्तन, कस्ता कदम र नीति लिन आवश्यक छ त्यसमा छ
लफल गरौँ । छलफल ग¥यो सुन्यो सिध्यो । पुराण सुनेजस्तो नगरौं । आँखा चिम्लेर सुनेपछि सक्यो । यस्तो गरेर भएन । ठोस् रुपमा कार्यान्वयनमा जाआंै । र व्यवहारिक कदमहरु चल्न ठोस प्रस्तावहरु लिएर आउनु होला ।’

अध्यक्ष ओलीले अबको पाँच वर्षभित्रमा कृषिक्षेत्रमा असाधारण परिवर्तन ल्याउन सकिने सम्भावना रहेको विश्वास व्यक्त गरे । उनले देशमा कृषि क्षेत्रमा अब पर्खने समय नै नरहेको बताए ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि