१२ माघ २०८२, सोमबार
अन्तर्राष्ट्रिय मुख्‍य समाचार समाचार समाज

आकस्मिक हडतालपछि ४०० भन्दा बढी उडान रद्द

१६ असार, क्यानडा । क्यानडाको एयरलाइन वेस्टजेटले मेकानिक्स युनियनको आकस्मिक हडतालपछि ४०० भन्दा बढी उडानहरू रद्द गरेको छ ।
क्यानडाको दोस्रो ठूलो वायुसेवा कम्पनी वेस्टजेटले ४९ हजार यात्रुप्रभावित हुने गरी ४०७ उडान रद्द भएको जनाएको छ ।

एयरलाइन प्रशासन ‘युनियनसँग वार्ता गर्न अनिच्छुक’भएको कारण एयरक्राफ्ट मेकानिक्स फ्रेटरनल एशोसिएसनले आफ्ना सदस्यहरूले शुक्रबार साँझदेखि हडताल सुरु गरेको र यो अपरिहार्य भएको बताएको छ ।

संघीय सरकारले बिहीबार बाध्यकारी मध्यस्थताका लागि मन्त्रीस्तरीय आदेश जारी गरेपछि अन्तर्राष्ट्रिय र आन्तरिक उडानप्रभावित हुने गरी आकस्मिक हडताल भएको हो ।त्यसपछि नयाँ सम्झौताका लागि युनियनसँग दुई हप्तासम्म चलेको अशान्त छलफलपछि यस्तो भएको हो ।

वेस्टजेटले सोमबार क्यानडा डेमा समापन हुने लामो सप्ताहन्तका लागि आइतबारसम्म विमान पार्किङ जारी राख्ने जनाएको छ । एयरलाइन्ससँग करिब २०० वटा जहाज छन् र आइतबार साँझसम्ममा करिब ३० वटा उडान भर्ने कम्पनीले जनाएको छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि