६ पुष २०८२, आईतवार
प्रदेस समाचार मुख्‍य समाचार समाचार समाज सुदूरपश्चिम

अछाममा प्रशासन कार्यालयभित्र सेवाग्राहीको स्वास्थ्य परीक्षण कक्ष सञ्चालन

१६ असार, अछाम । जिल्ला प्रशासन कार्यालयले सेवाग्राहीको स्वास्थ्य परीक्षण कक्ष स्थापना गरेको छ । जिल्ला प्रशासन कार्यालयमा सेवा लिन आउने सेवाग्राहीको स्वास्थ्यलाई मध्यनजर गर्दै आज प्रमुख जिल्ला अधिकारी शिवप्रसाद लम्सालले कक्षको उद्घाटन गरेका हुन् ।

कार्यालयमा सेवा लिन आउने सेवाग्राही तथा सर्वसाधारणलाई लक्षित गर्दै प्रशासन कार्यालय परिसरमै सेवाग्राही स्वास्थ्य परीक्षण कक्ष सञ्चालनमा ल्याइएको प्रजिअ लम्सालले बताए ।

यस कार्यक्रमले सेवाग्राही र जिल्ला प्रशासन कार्यालयसँगको सम्बन्ध सकारात्मक भएको महसुस गरेको उनले बताए । यो कार्यक्रमअन्तर्गत लैङ्गिक हिंसा, बालविवाह र लागुऔषध दुव्र्यसनलगायत समस्या न्यूनीकरण गर्ने विषयमा सेवाग्राहीसँग छलफल गरिरहेको लम्सालले जानकारी दिए।

कार्यक्रम प्रभावकारी बन्दै गएका बेलामा सेवाग्राहीको स्वास्थ्यलाई ध्यानमा राखेर निरन्तर सेवा दिनेगरी स्वास्थ्य परीक्षण गरिने भएको हो । प्रशासनमा सेवा लिन आएकी ८४ वर्षीया काली कुँवरको स्वास्थ्य जाँच गरेर अभियानको शुभारम्भ गरिएको हो ।

सेवा लिन आएका सेवाग्राहीलाई न्यूनतम जाँचसहित औषधि उपचार गरिने र सोमबारदेखि निरन्तर मधुमेह परीक्षणसमेत गरिने जिल्ला स्वास्थ कार्यालयका प्रमुख झनकराज ढुङ्गानाले बताए।

सेवाग्राहीको स्वास्थ्य जाँचका लागि जिल्ला स्वास्थ्य कार्यालय, जिल्ला अस्पताल, मङ्गलसेन नगरपालिकालगायतका स्थानीय तहबाट प्राविधिक सहयोग रहने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि