२८ फाल्गुन २०८२, बिहीबार
मुख्‍य समाचार समाचार समाज

पहिरोमा ९ जनाको ज्यान गयो 

१५ असार, काठमाडौं । बागलुङ, स्याङ्जा र गुल्मीमा गएको पहिरोले घर पुरिँदा नौ जनाको ज्यान गएको छ भने दुईजना घाइते भएका छन् ।

गुल्मीको मालिका गाउँपालिका–६ कंडेल पाटास्थित भेषबहादुर बिकको घर पुरिँदा बिक परिवारका पाँचजनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा भेषबहादुर बिक, उनकी श्रीमती सुन्तली बिक, बुहारी सीता बिक, नातिनीद्वय सपना र विपना बिक रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक सूर्यमान चौधरीले जानकारी दिए ।

यस्तै, सुक्रबार राती भएको वर्षाका कारण बागलुङ गलकोट नगरपालिका–८ काँडेबाँस बिसौनीका प्रेम विकको घर पहिरोमा पुरिँदा ५५ वर्षीय प्रेम र उनकी श्रीमती ५० वर्षीया वसन्ती विकको मृत्यु भएको हो ।

पहिरोमा परि प्रेमकी बुहारी कुमारी विक  र नाती शिशिर विक घाइते भएको  जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक विजय यादवले जानकारी दिए ।

पहिरो शािनबार बिहान ३ बजेतिर गएको र हाल घटनास्थलमा प्रहरी पुरेर उद्दार कार्य जारी राखेको यादवले जानकारी दिए ।

यस्तै, स्याङ्जामा गएरातीको पहिरोले घर बगाउँदा एकै परिवारका दुई आमाछोरीको मृत्यु भएको छ । मृत्यु हुनेमा फेदीखोला गाउँपालिका–५ दुर्गा जिटी र उनकी तीन वर्षीया छोरी निकिसा जिटी छन् ।

 

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि