१३ फाल्गुन २०८२, बुधबार
अर्थ मुख्‍य समाचार समाचार समाज

पशुपति सेभिङका सञ्चालकहरुविरुद्ध ५७ करोड रकम अपचलन गरेको उजुरी सीआईबीमा

१४ असार, काठमाडौँ । पशुपति सेभिङ एन्ड क्रेडिटका सञ्चालकहरु विरुद्ध बचतकर्ताले सीआईबीमा जाहेरी दर्ता गराइरहेका छन् । ललितपुरमा मुख्य कार्यालय भएको पशुपतिका पूर्व अध्यक्ष सीबी लामा अहिले कारागारमा छन् । उनलाई कारागारबाट झिकाएर अनुसन्धान गरिने सीआईबीका एसपी होबिन्द्र बोगटीले रातोपाटीलाई बताए ।

आफ्नो बचत फिर्ता नपाएको भन्दै २६७ जना बचतकर्ताले पशुपति सेभिङका सञ्चालकहरुबिरुद्ध जाहेरी दर्ता गराएका छन् । अहिलेसम्मको अनुसन्धानबाट सीबी लामा सहितका सञ्चालकहरूले ५७ करोड रकम अपचलन गरेको अनुसन्धानबाट खुलेको एसपी बोगटीले जानकारी दिए ।

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयमा पशुपति सेभिङ एन्ड क्रेडिटका ५४ जना बचतकर्ताले निवेदन दिएका छन् । जाहेरी आउने क्रम जारी रहेको एसपी बोगटीले जानकारी दिए ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि