२८ फाल्गुन २०८२, बिहीबार
मुख्‍य समाचार समाचार समाज

मदन भण्डारी राजमार्ग: झापा–सुनसरी खण्डमा २२ पुल निर्माण

१३ असार, झापा । मदन भण्डारी राजमार्गअन्तर्गत झापा –सुनसरी खण्डमा निर्माणधीन पुलको वित्तीय प्रगति ८५ प्रतिशत र भौतिक प्रगति ९० प्रतिशत भएको छ ।

मदन भण्डारी राजमार्ग योजना कार्यालयका सूचना अधिकारी सुभाषकुमार दत्तका अनुसार निर्धाणधीन ३७ वटा पुलमध्ये २२ वटा पूरा भएका छन् । निर्माण सम्पन्न पुल ४० देखि चार सय मिटर लामा छन् । निर्माण पूरा हुन बाँकी १५ पुलमध्ये नौ वटाको ‘एप्रोच’ सडक मात्र बन्न बाँकी छ । उनले संरचना निर्माण हुने क्षेत्रमा बन परेको र कटानको अनुमति नपाएका कारण काम रोकिएको बताए । छ वटा पुलको भने आधारभूत संरचना नै बन्न बाँकी रहेको उनले बताए।

मोरङ, सुनसरी, झापा र इलामका खोलामा पुल निर्माण भएका छन् । डाले, मुगु, खुदुम, मोरङे, नुसारी, सुखानी सहादत्तस्थल, बुद्धि सुखानी, सुखानी खोला, टाङटिङ, बयङ् तेली, बिजुवा, बुकुवा, रतुवा खोलामा पुल निर्माण सम्पन्न भएको छ ।

सूचना अधिकारी दत्तका अनुसार नौ वटा पुलको मूल संरचना सकिए पनि रूख कटान अनुमति लिने झन्झटिलो प्रक्रियाले एप्रोच सडक निर्माण गर्न समस्या भएको छ । सबै पुलको लागत रु. छ अर्ब १२ करोड ६२ लाख ५४ हजार छ ।

यसैगरी, सडकको भौतिक प्रगति भने न्यून रहेको छ । हालसम्म सडकतर्फको भौतिक प्रगति ४५ प्रतिशत मात्र भएको छ भने वित्तीय प्रगति ४५ दशमलव ८१ प्रतिशत रहेको उनले जानकारी दिए । उनले रु. १० अर्ब १३ करोड लागतमा झापाको बाहुनडाँगीदेखि सुनसरीको चतरासम्म एक सय ३१ किलोमिटर सडक र ३७ पुलको ठेक्का लगाइएको बताए । उनका अनुसार निर्माण व्यवसायीलाई काम सम्पन्न भएका अधिकांश आयोजनाको रु. २९ करोड भुक्तानी दिन बाँकी छ । पर्याप्त बजेट प्राप्त नहुँदा भुक्तानीमा विलम्ब भएको हो ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि