२८ फाल्गुन २०८२, बिहीबार
मुख्‍य समाचार समाचार समाज

पाल्पामा रक्तसञ्चार केन्द्र स्थापना गर्न सहयोग गर्न आग्रह

११ असार, रामपुर । पाल्पाली समाज पोखराले पाल्पामा रक्तसञ्चार सेवा केन्द्र स्थापना गर्न आर्थिक सहयोग गरेको छ । नेपाल रेडक्रस सोसाइटी पाल्पाद्वारा सञ्चालित ‘रक्तसञ्चार सेवा केन्द्र स्थापनार्थ हाम्रो ब्लड बैंक हामी बनाउँछौँ’अभियानलाई साथ दिँदै समाज पोखराले रु दुई लाख २९ हजार दुई सय १९ रकम सहयोग गरेको हो ।

समाजको अध्यक्ष बालचन्द्र परियारले आफ्ना सदस्यबाट रकम जुटाएर सहयोग गरिएको बताए । पाल्पामा रक्तसञ्चार केन्द्र अतिआवश्यक रहेको हुँदा विभिन्न व्यक्ति, सङ्घसंस्थाबाट रकम सङ्कलन भइरहेको रेडक्रस सोसाइटी शाखाका सभापति बाबुराम कार्कीले जानकारी दिए । नमस्ते पाल्पा समाज कोरिया, पाल्पाली समाज अमेरिकालगायत विभिन्न सङ्घसंस्था, व्यक्तिबाट गरी हालसम्म रु ३५ लाख ४६ हजार एक सय ५८ रकम सङ्कलन भइसकेको अध्यक्ष कार्कीले बताए । बिरामीलाई आवश्यक पर्ने रगत आफन्त विभिन्न व्यक्ति, सङ्घसंस्थासँग आग्रह माग्नुपर्ने अवस्था छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि