३ फाल्गुन २०८२, आईतवार
खेलकुद मुख्‍य समाचार

जर्मनी र स्वीट्जरल्याण्ड युरोको प्रि क्वाटरफाइनलमा

१० असार, काठमाडौं । जर्मनी र स्वीट्जरल्याण्डले युरो २०२४ को प्रि क्वाटरफाइलन (राउन्ड अफ सिक्सटीन)मा स्थान पक्का गरेका छन् । सोमबार बिहान सकिएको खेलमा दुवै टिमले एक –एक गोलको बराबरी खेल्दै एक– एक अंक लिएपछि अन्तिम १६ मा पुग्न सफल भएका हुन् ।

जर्मनीमा जारी प्रतियोगिता अन्तर्गत घरेलु टोली २८ औं मिनेटमा पछि परेको थियो । निर्धारित ९० मिनेटपछिको अतिरिक्त समयको दोस्रो मिनेटमा जर्मनीले गोल गर्दै खेल बराबरी गरेको थियो ।

२८ औं मिनेटमा स्वीट्जरल्याण्डका डान नोडेले रेमो फ्युलरको पासमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए ।

सोही अग्रता अन्तिमसम्म कायम राख्ने लक्ष्यमा रहेको स्वीट्जरल्याण्डले अन्तिम समयमा धैयर्ता गुमाउन पुग्यो । जसको फाइदा घरेलु टोली जर्मनलीले लिँदै खेल बराबरी गरेको हो ।

जर्मनीका निकोलस फुलक्रुगले डेभिड राउमको पासमा गोल गर्दै खेल एक एकको बराबरीमा टुंग्याए । समूह एमा जर्मनी ३ खेलबाट ७ अंकसहित शीर्ष स्थानमा रहेर अन्तिम १६ मा पुग्दा स्वीट्जरल्याण्ड ५ अंकका साथ दोस्रो स्थानमा रहेर अघिल्लो चरणको यात्रा तय गर्न सफल भयो ।

यही समूहमा रहेको अर्को खेलमा हंगेरीले स्कटल्याण्डमाथि १–० को जित निकालेको छ । अतिरिक्त समयको दशौं मिनेटमा हंगेरीका लागि केभिन सोबोथले गोलगर्दै जित दिलाएका थिए ।

बैकल्पिक खेलाडी केभिन सोबोथले आफ्नो पहिलो अन्तर्राष्ट्रिय गोल गरेपछि हंगेरीले आशा जिवितै राखेको छ ।

दोस्रो हाफको मध्यमा बर्नाबास भार्गाको गम्भीर चोटले खेललाई ओझेलमा पारेको थियो । हंगेरीका फरवार्डलाई अस्पताल लगिएको थियो र उनको अनुहारका धेरै चोट लागेको छ । युरो २०२४ मा चार उत्कृष्ट तेस्रो स्थानका टोलीहरूमध्ये एकको रूपमा १६ को राउन्डमा पुग्न हंगेरीको तीन अंक पर्याप्त भएमा भार्गाले प्रतियोगिताको बाँकी खेल गुमाउन सक्छन् ।

थप समाचारहरु

खेलकुद

प्रधानमन्त्री प्रचण्ड दिल्लीमा, भारतीय राज्यमन्त्री लेखीले गरिन् स्वागत

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
खेलकुद

विश्व वातावरण दिवसको अवसरमा सिद्धार्थ बैंकद्वारा विविध कार्यक्रम

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected