३ फाल्गुन २०८२, आईतवार
खेलकुद मुख्‍य समाचार

भारतले सेमिफाइनल खेल्ने सम्भावना बलियो, पराजित बंगलादेश अन्तिम आठबाट बाहिरियो 

९ असार, काठमाडौं । आइसिसी टी– २० विश्वकपअन्तर्गत ‘सुपर–८’मा भारतले लगातार दोस्रो जित निकालेको छ । यो सँगै भारतले सेमिफाइनल खेल्ने सम्भावना बलियो बनेको छ ।

शनिबार राति सम्पन्न खेलमा भारतले बंगलादेशलाई ५० रनले पराजित गरेको हो।

भारतले दिएको १ सय ९७ रनको लक्ष्य पछ्याएको बंगलादेशले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १ सय ४६ रनमा समेटियो ।

बंगलादेशका कप्तान नजमुल शान्तोले सर्वाधिक ४० रनको पारि खेले । तन्जिद हसनले २९, रिशाद हुसेन २४, लिटनकुमार दास र महमुदउल्लाहले समान १३ जोड्दा शाकिब अल हसनले ११ रन बनाए ।

भारतका कुलदीप यादवले सर्वाधिक तीन विकेट लिए । यस्तै, अर्शदीप सिंह र जसप्रीत बुमराहले समान दुई विकेट लिँदा हार्दिक पाण्ड्याले एक विकेट निकाले ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित ओभरमा ५ विकेट गुमाएर १९६ रन बनाएको थियो । भारतका लागि ब्याटिङतर्फ हार्दिक पाण्डेयले जारी विश्वकपमा आफ्नो पहिलो अर्धशतकीय पारी खेले । २७ बलको सामना गरेका उनले १९औँ ओभरको अन्तिम बलमा चौका प्रहार गरी ५० रन पूरा गरेका थिए ।

यस्त्ै, विराट कोहलीले ३७, शिवम दुबे ३४, ऋषभ पन्त ३६, कप्तान रोहित २३ र सुर्यकुमार यादवले ६ रन बनाए । अक्षर पटेलले अविजित ३ रन बनाए ।

बलिङतर्फ बंगलादेशको लागि तान्जिन साकिब र रिशाद हुसेनले समान दुई – दुई विकेट लिँदा शकिब अल हसनले एक विकेट लिए ।

शनिबारको खेलमा पराजित बंगलादेश सुपर एटबाटै बाहिरिएको छ ।

 

थप समाचारहरु

खेलकुद

प्रधानमन्त्री प्रचण्ड दिल्लीमा, भारतीय राज्यमन्त्री लेखीले गरिन् स्वागत

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
खेलकुद

विश्व वातावरण दिवसको अवसरमा सिद्धार्थ बैंकद्वारा विविध कार्यक्रम

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected