२८ फाल्गुन २०८२, बिहीबार
मुख्‍य समाचार समाचार समाज

युक्रेनलाई समर्थन गर्ने रुसी शिक्षकलाई २० वर्ष जेल सजाय

७ असार, काठमाडौं । रुसको शैन्य अदालतले युक्रेनलाई समर्थन गरेको आरोपमा एक रुसी शिक्षकलाई २० वर्षको जेल सजाय तोकेको छ । रुस र युक्रेनबीच युद्ध चलिरहेकोमा २७ वर्षीय शिक्षक डेनियल क्लियूकाले युक्रेनको पक्ष लिएको र आर्थिक सहयोग समेत पठाएको आरोपमा अदालतले ‘देशद्रोही’ ठहर गर्दै सजाय सुनाएको हो । रुसी अदालतले युक्रेनसँगको युद्धका क्रममा युक्रेनप्रति सहानुभूति देखाउनेहरुलाई समेत जेल सजाय गरेको छ ।

रुसी सञ्चारमाध्यमहरुका अनुसार ती शिक्षकले युक्रेनी कोष ‘कम ब्याक अलाइभ’ मा २० हजारदेखि एक लाख रुबलसम्म पठाएको खुलेको जनाएका छन् । सो कोषले युक्रेनी सेनाका लागि पैसा जम्मा गर्ने गरेको छ । ती शिक्षक सन् २०२३ को फेब्रुअरीमै पक्राउ परेका थिए ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि