४ फाल्गुन २०८२, सोमबार
मुख्‍य समाचार राजनीति

प्रतिनिधि सभा : प्रधानमन्त्रीसँग सांसदको प्रश्नोत्तर आज

६ असार, काठमाडौं । प्रतिनिधि सभा बैठक आज पनि बस्दै छ  । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले सदनमा सांसदले उठाएका प्रश्नको जवाफ दिनेछन्।

प्रतिनिधिसभा नियमावली, २०७९ को परिच्छेद–९ बमोजिम प्रधानमन्त्रीले आजको बैठकमा सांसदले सोधेको प्रश्नको जवाफ दिने कार्यक्रम रहेको संसद् सचिवालयले जनाएको छ।

बैठक बिहान ११ बजे संघीय संसद भवन नयाँ बानेश्वरमा शुरु हुने छ ।

यस्तै, आजकै बैठकमा विनियोजन विधेयकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ सम्बन्धित सातव वटा मन्त्रालयका मन्त्रीहरूले दिने सम्भावित कार्यसूचीमा उल्लेख छ ।

विनियोजन विधेयकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ उद्योग, वाणिज्य तथा आपूर्ति, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण, कृषि तथा पशुपक्षी विकास, सञ्चार तथा सूचना प्रविधि, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन र संघीय मामिला तथा सामान्य प्रशासन र कानून, न्याय तथा संसदीय मामिलामन्त्रीले जवाफ दिनेछन्।

 

थप समाचारहरु

राजनीति

विश्वासको मत लिनुअघि नै कोशी सरकारको हैसियत कामचलाउ

२८ असार, विराटनगर । प्रदेशसभामा विश्वासको मत परीक्षण गर्नुअगाडि नै कोशीका मुख्यमन्त्री उद्धव थापा नेतृत्व सरकारको हैसियत कामचलाउ बन्न पुगेको
राजनीति

सामाजिक सञ्जाललाई मर्यादित बनाउन कानुन ल्याउँछौं : सञ्‍चारमन्त्री शर्मा

२८ असार, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सामाजिक सञ्जाललाई मर्यादित बनाउन ठोस कदम चाल्ने बताएकी छन् ।