२८ फाल्गुन २०८२, बिहीबार
मुख्‍य समाचार समाचार समाज

जुत्ता, चप्पल उत्पादनबाट वार्षिक आठ लाख कमाउँदै काभ्रेका पौडेल

५ असार, काभ्रेपलाञ्चोक । जिल्लाको विकट डाँडापारिस्थित खानीखोला गाउँपालिका–५ तालढुङ्गाका पृथ्वी पौडेलले घरमा नै उद्योग सञ्चालन गरेर लोभलाग्दो आम्दानी गर्दै आएका छन् । उनले ‘शर्मिला घरेलु उद्योग’ सञ्चालन गरेर जुत्ता, चप्पल र विद्युतीय सामग्रीको उत्पादन गरी थोक तथा खुद्रा बिक्री गर्दै आएका हुन् ।

उद्योगबाट वार्षिक रु आठ लाखसम्म नाफा हुने गरेको उद्यमी पौडेलले बताउनुभयो । उहाँको उद्योगमा चप्पल उत्पादनदेखि ‘एलइडी बल्बल एसेम्बल’सम्म हुने गरेको छ । दैनिक तीन सय जोरसम्म चप्पल उत्पादन हुने गरेको छ । आफूले बनाएका चप्पलको माग बढेको जानकारी दिँदै उनले भने, “ बल्बको शर्मिला एलइडी भनेर ब्राण्डिङ एवं बिक्री गर्दै आएको छु, चप्पलको पनि अब छिट्टै ब्राण्डिङ गर्नेछु ।”

तेह्र लाख लगानी गरेर दुई वर्षदेखि सञ्चालन भएको उद्योगमा चप्पल बनाउने ठूला दुई र सानो एउटा मेसिन तथा बल्ब एसम्बल गर्न चारवटा मेसिन राखेर उनले काम गरिरहेका छन् । मलेसिया र इराकमा काम गरेर फर्कीएका उनले बस्ती विस्तारसँगै आफ्नो उद्योग फस्टाएको बताए ।

तीनदेखि ५० वाटसम्मका बल्ब उत्पादन गरेर बजारीकरण गर्दै उनले अहिले मागअनुसार आपूर्ति गर्न नसकेको बताए । सहज रूपमा उद्योग सञ्चालन गर्न तथा उत्पादित सामग्री बजार पुर्‍याउन मौजुदा सडकको दुरावस्थाबाट आफू चिन्तित रहेको उनले सुनाए ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि