२६ आश्विन २०८२, आईतवार
प्रदेस समाचार बागमती मुख्‍य समाचार राजनीति

संघीयताको आवश्यकता बुझाउन नसक्दा प्रदेशको औचित्य पुष्टि हुन सकेन : सभामुख पाठक

५ असार, हेटौँडा । बागमती प्रदेशका सभामुख भुवन कुमार पाठकले प्रदेश सरकारको आवश्यकता र औचित्य पुष्टि हुन नसकेको बताएका छन् । उनले संघीयता र प्रदेश सरकारको स्थायित्वका बारेमा औचित्य पुष्टि हुन नसक्दा निरन्तर प्रदेश सरकारमाथि प्रश्न उठ्ने गरेको बताए ।

मंगलबार कोशी प्रदेशका संसदीय पत्रकारहरुसँगको छलफलमा सभामुख पाठकले संघीयता र प्रदेश सरकारको आवश्यकताबारे नागरिकसम्म सचेतना पु¥याउनुपर्नेमा उनले जोड दिए । राज्य व्यवस्थालाई सशक्त र बलियो बनाउन प्रदेश सरकारको कार्यसम्पादन र भूमिका बढाउनुपर्नेमा उनले जोड दिए । प्रदेशसभालाई जनतासँग जोड्ने गरी कार्यक्रम सञ्चालन गर्नुपर्ने सभामुख पाठकको धारणा छ ।

‘प्रदेश सरकार र सङ्घीयताको स्थायित्व हुन नसक्दा विभिन्न कोणबाट प्रसार भएको छ । नागरिकहरूसम्म प्रदेश र संघीय संरचनाको मोडलको बारेमा बुझाई पुग्न सकेको छैन,’ उनले थपे, ‘नागरिकसम्म प्रदेश र संघीयताको सवाललाई पुर्याउन कार्यक्रम चलाउनुपर्छ । प्रदेश सभाले चलाएको नमुना युवा संसद् कार्यक्रमले संघीयताको स्थायित्वका लागि महत्वपूर्ण भूमिका खेलेको छ ।’

पछिल्लो समय युवा पुस्ताहरूमा राजनीति र राज्य संयन्त्र प्रति वितृष्णा बढ्दो रहेको उल्लेख गर्दै समाजमा नकारात्मक विषयले प्राथमिकता पाउन थालेको धारणा उनले राखे । पछिल्लो समय प्रविधिको विकाससँगै मिडिया क्षेत्रमा चुनौती थपिएको पाठकले धारणा राखे ।

थप समाचारहरु

राजनीति

विश्वासको मत लिनुअघि नै कोशी सरकारको हैसियत कामचलाउ

२८ असार, विराटनगर । प्रदेशसभामा विश्वासको मत परीक्षण गर्नुअगाडि नै कोशीका मुख्यमन्त्री उद्धव थापा नेतृत्व सरकारको हैसियत कामचलाउ बन्न पुगेको
राजनीति

सामाजिक सञ्जाललाई मर्यादित बनाउन कानुन ल्याउँछौं : सञ्‍चारमन्त्री शर्मा

२८ असार, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सामाजिक सञ्जाललाई मर्यादित बनाउन ठोस कदम चाल्ने बताएकी छन् ।