२८ फाल्गुन २०८२, बिहीबार
मुख्‍य समाचार समाचार समाज

यि प्रदेशमा मेघगर्जन र चट्याङ्गसहित पानी पर्ने सम्भावना

४ असार, काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार हाल देशको पूर्वी भूभागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भूभागमा स्थानीय वायु तथा भारतको विहार आसपास रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा पूर्ण बदली तथा बाँकी भूभागमा आंशिक बदली देखि मुख्यतया मौसम सफा रहेको छ । कोशी, मधेस प्रदेश, बागमती र गण्डकी प्रदेशका केही  स्थानहरूमा चट्याङ्गसहित पानी परिरहेको छ ।

आज दिउँसो कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि साधरणतया बदली रहने छ । कोशी, बागमती र गण्डकी प्रदेशका केही  तथा मधेस प्रदेश लगायत बाँकी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित पानी पर्ने सम्भावना रहेको छ ।

बेलुका राति कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा आंशिक देखि साधरणतया बदली रहने छ । कोशी प्रदेशका केही तथा मधेस, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित पानी पर्ने सम्भावना रहेको छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि