६ मंसिर २०८२, शनिबार
खेलकुद मुख्‍य समाचार समाचार

आइसीसी टी–२० विश्वकप क्रिकेट : न्युजिल्यान्डसँग पपुवा न्युगिनी ७ विकेटले पराजित

४ असार,काठमाडौं । आइसीसी टी–२० विश्वकप क्रिकेटको समूह चरणको अन्तिम खेलमा न्युजिल्याण्ड विजयी भएको छ । सोमबार राति भएको खेलमा समूह बीबाट पहिला नै बाहिर भइसकेका न्युजिल्याड र पपुवा न्युगिनी (पीएनजी) भिडेका थिए ।

न्युजिल्यान्डले पपुवा न्युगिनीलाई ७ विकेटले पराजित गर्दै प्रतियोगितामा दोस्रो जितका साथ यात्रा समाप्त गरेको हो । पहिला खेलेको पपुवा न्युगिनीको पूरै टोलीले १९.४ ओभरमा सबै विकेट गुमाएर ७८ रन मात्र बनाउन सक्यो, जवाफमा न्युजिल्यान्डले १२.२ ओभरमा ३ किवेट गुमाएर जित दर्ता गरेको हो ।

टस जितेर पहिले ब्याटिङ गरेको पपुवा न्युगिनीका दुवै ओपनर सस्तैमा आउट भएका थिए । टोनी उराले मात्र १ रन बनाए भने कप्तान असद भाला १६ बलमा ६ रन बनाएर पभेलियन फर्किए । चार्ल्स अमिनी र सेसे बाउको जोडीले स्कोर ४० भन्दा माथि पुर्याए पनि १७ रनको व्यक्तिगत स्कोरमा अमिनी आउट हुनेबित्तिकै विकेट झर्ने क्रम सुरु भयो । त्यसपछि केही समयमै स्कोर ५६ रन पुग्दा ६ विकेट गुम्यो  । त्यसपछि पनि ब्याट्सम्यान टिक्न सकेनन् र एकपछि अर्को गर्दै आउट हुँदै गए । यसरी पपुवा न्युगिनीको इनिङ्स अन्तिम ओभरमा सामान्य स्कोरमा समाप्त भयो । न्यूजिल्याण्डका लागि, लोकी फर्गुसनले सबैभन्दा बढी तीन विकेट लिए र टी–२० विश्वकपमा चार मेडेन ओभर बलिङ गर्ने पहिलो बलर पनि बने ।

लक्ष्य पछ्याउने क्रममा न्युजिल्यान्डको सुरुवात पनि खराब रह्यो । ओपनर फिन एलन इनिङ्सको दोस्रो बलमा खाता खोल्न नसकेर आउट भए । रचिन रविन्द्रले पनि ६ रन बनाएर आउट भए । कप्तान केन विलियम्सन  सँगसँगै डेभन कोनवेले स्कोरलाई ५० भन्दा माथि पुर्याए । तर उनी पनि ३२ बलमा ३५ रन बनाएर आउट भए ।

उनले तीन छक्का र दुई चौका प्रहार गरे । त्यसपछि विलियम्सन र ड्यारिल मिचेलले न्युजिल्याण्डलाई सहजै १३ ओभरमा जित दिलाए । विलियम्सनले १८ तथा मिचेलले १९ रनको नटआउट पारि खेलेका थिए । पपुवा न्युगिनीका लागि काबुवा मोरीले सर्वाधिक २ विकेट लिए ।

समूह सी मा परेको न्युजिल्याण्डको टोली खेल अघि नै सुपर ८ को दौडबाट बाहिर थियो । यस समूहबाट अफगानिस्तान र वेस्ट इन्डिज सुपर ८ मा पुगेका छन् भने न्युजिल्यान्ड, युगान्डा र पपुवा न्युगिनी यसअघि नै पहिलो चरणबाटै बाहिरिएका छन् ।

यसैबीच, न्युजिल्याण्डको स्टार बलर ट्रेन्ट बोल्टले क्रिकेटबाट सन्यास लिएका छन् । यसअघि नै सन्यसा घोषणा गरेको बोल्टले पीएनजीविरुद्ध अन्तिम टी–२० खेलेका हुन् ।

थप समाचारहरु

खेलकुद

प्रधानमन्त्री प्रचण्ड दिल्लीमा, भारतीय राज्यमन्त्री लेखीले गरिन् स्वागत

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
खेलकुद

विश्व वातावरण दिवसको अवसरमा सिद्धार्थ बैंकद्वारा विविध कार्यक्रम

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected