३० फाल्गुन २०८२, शनिबार
मुख्‍य समाचार

सुडान मिसनको नेपाली शान्ति सैनिक डफ्फा अदलीबदली

३ असार, काठमाडौं । संयुक्त राष्ट्रसंघको आह्वानमा शान्ति स्थापनार्थ सुडानमा खटिएको नेपाली सेनाको एक डफ्फा अदलीबदली भएको छ ।

युनाइटेड नेसन्स इन्टेरिम सेक्युरिटी फोर्स फर अबेइ (यूएनआइएसएफए) मिसनमा तैनाथ श्री फोर्स हे.क्वा. सपोर्ट युनिट (शान्ति सेना) दोस्रो डफ्फालाई बदली गर्नको लागि तेस्रो डफ्फाका ७७ जना शान्ति सैनिकहरू त्यसतर्फ गएका छन् ।

यूएन चार्टर्ड फ्लाइटमार्फत गत शुक्रबार डफ्फा मिसन इलाकातर्फ प्रस्थान गरेको नेपाली सेनाले जनाएको छ ।

यस्तै, उक्त मिसनमा तैनाथ श्री फोर्स सपोर्ट युनिट शान्ति सेना दोस्रो डफ्फाका ६७ जना शान्ति सैनिक आइतबार स्वदेश फिर्ता भएका छन् । हाल उक्त मिसनमा १०६ जना शान्ति सैनिकहरू कार्यरत छन् ।

तस्बिर : नेपाली सेना

 

थप समाचारहरु

मुख्‍य समाचार समाज

उदयपुरको सिवाई-बेल्हा जोड्‍ने भाँचिएको पुल बनाउन माग

  १४ साउन, काठमाडौं। उदयपुरका जनप्रतिनिधिसहितको टोलीले त्रियुगा पुल निर्माण सम्पन्न गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालासँग माग
मुख्‍य समाचार राजनीति

कोरियासहितका मुलुकमा मौसमी कामदारका रुपमा श्रम स्वीकृति दिइँदैन : मन्त्रालय

१५ साउन, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मौसमी कामदारका रुपमा कोरियासहितका मुलुकमा श्रम स्वीकृति नदिइने स्पष्ट पारेको