२८ फाल्गुन २०८२, बिहीबार
मुख्‍य समाचार समाचार समाज

घरबहाल मञ्चद्दारा देवघाट समाज कल्याण केन्द्रमा भोजन

२ असार, भरतपुर । नेपाल घरबहाल उपभोक्ता मञ्च चितवनको दुई वर्षे कार्ययोजना अन्तर्गत मञ्चको १३ औं स्थापना दिवसको अवसरमा बृद्धाश्रममा भोजन गराईएको छ । साप्ताहिक रुपमा मनाईएको स्थापना दिवसका अवसरमा सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तरगत देवघाट क्षेत्र बिकास समिति द्वारा संचालित देबघाट समाज कल्याण केन्द्र देबघाट ५ तनहुँ स्थित बृद्वाश्रममा भोजन खुवाउने कार्यक्रम सम्पन्न भएको हो ।

मञ्चका अध्यक्ष जनकलाल कट्टेलको अध्यक्षतामा भएको कार्यक्रममा देबघाट समाज कल्याण केन्द्रका अध्यक्ष भिम राना प्रमुख अतिथी रहेका थिए। सो अवसरमा मञ्चका संस्थापक अध्यक्ष एवं वरिष्ठ सल्लाहकार हेमराज पौडेल, पुर्व अध्यक्ष एवं सल्लाहकार हरि शर्मा पौडेललगायत मञ्चको कार्यसमितिका पदाधिकारी तथा सदस्य हरुको सहभागिता रहेको मञ्चका महासचिव सुरेन्द्र केसीले जानकारी दिएका छन् ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि