२६ आश्विन २०८२, आईतवार
कोशी प्रदेस समाचार मुख्‍य समाचार समाचार

तामाकोशीको पुल निर्माणमा ढिलासुस्ती

३१ जेठ, रामेछाप । पुष्पलाल (मध्यपहाडी) राजमार्गअन्तर्गतको तामाकोशीको सेलेघाट नजिक निर्माणाधीन पुल निर्माण कम्पनीको लापर्बाहीले अलपत्र परेको छ ।

विसं २०८० असार २६ गते काम सम्पन्न गर्ने गरी कालिका÷प्यासिफिक जेभीले २०७७ असार २६ गते निर्माणको जिम्मा लिएकामा हालसम्म खासै प्रगति भएको छैन । उक्त कम्पनीले रु १४ करोड २७ लाखमा निर्माण पूरा गर्नेगरी सरकारसँग सम्झौता गरेको थियो ।

पुष्पलाल राजमार्गका सूचना अधिकारी हर्कबहादुर प्रधानका अनुसार निर्माण कम्पनीले पेस्कीबापत रु ७१ लाख ३५ हजार लिइसकेको छ । उनले भने, “उक्त पुल निर्माणको वित्तीय प्रगति शून्य छ । भौतिक प्रगति भने तीन प्रतिशत भएको छ ।”

निर्माण कम्पनी म्याद थपका निम्ति आवेदन गरेको तथा त्यो विचाराधीन रहेको जानकारी दिँदै उनले काम नगरे पेस्की रकम जफत गरिने बताए ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि