२० माघ २०८२, मंगलवार
स्वास्थ्य

सरकारी अस्पतालमा सामान्य अप्रेसन गर्न नौ महिनासम्म कुर्नुपर्ने अवस्थाको अन्त्य हुनुपर्र्छ: सांसद बर्तौला

सरकारी अस्पतालमा सामान्य अप्रेसन गर्न नौ महिनासम्म कुर्नुपर्ने अवस्थाको अन्त्य हुनुपर्र्छ ः सांसद बर्तौला

३० जेठ , काठमाडौं । नेकपा एमालेका सांसद एवं प्रमुख सचेतक महेश कुमार बर्तौलाले नेपालीले सरकारी अस्पतालमा अपरेसन कै लागि नौ महिनासम्म कुर्नुपर्ने बाध्यताको अन्त्य गर्न जरुरी भएको बताएका छन् । उनले सरकारी अस्पतालको क्षमता अभिवृद्धि गरी नागरिकमा सहज स्वास्थ्य सेवाको पहुच पुर्याउनुपर्नेमा जोड दिएका छन् ।

बुधबार प्रतिनिधि सभा बैठकमा सांसद बर्तौलाले केन्द्रीय मात्रै नभएर जिल्ला स्तरीय देशैभरिका अस्पतालहरुको क्षमता विस्तार गर्नुपर्नेमा जोड दिएका छन् ।

उनले नागरिकले हर्निया, क्यान्सर लगायतका रोगको उपचारका लागि सरकारी अस्पतालमा वर्षैसम्म पालो कुर्नुपर्ने विडम्बना रहेको उल्लेख गर्दै सरकारले  सम्बन्धित अस्पतालहरुको क्षमता अभिवृद्धि, जनशक्ती वृद्धिका लागि विशेष पहल गर्नुपर्ने बताए ।

उनले भने, ‘हाम्रा केन्द्रीय ठूला अस्पतालहरु जहाँ हर्निया, पत्थरी जस्ता रोगको सामान्य अपरेसन गर्नुपर्यो भने पनि नौ महिनासम्म पालो कुर्नुपर्ने अवस्था छ । नागरिकले वीर, टिचिङ, मानव अंग प्रत्यारोपण, भक्तपुर क्यान्सर अस्पताल साना वा ठूला सबै प्रकृतिका रोगका अप्रेसनका लागि नौ महिना देखि वर्षौसम्म पालो कुर्न पर्ने अवस्था छ । सरकारले सम्बन्धित अस्पतालहरुको क्षमता अभिवृद्धिका लागि आवश्यक जनशक्ती व्यवस्थापनका लागि विशेष पहल गरोस् । यो काठमाडौं केन्द्रीत अस्पतालको मात्र होइन देशैभरीका सरकारी अस्पतालको क्षमता अभिवृद्धि सरकारले गर्नुपर्छ ।’

 

थप समाचारहरु

जीवनशैली मुख्‍य समाचार समाज स्वास्थ्य

‘आत्महत्याको पछाडि ९५ प्रतिशत मानसिक रोग जिम्मेवार छ’

२५ भदौ, काठमाडौं । वरिष्ठ मनोचिकित्सक प्रा.डा. पुष्पराज शर्माले आत्महत्या सामाजिक, आर्थिक कारणलेमात्रै नभएर जैविक कारण हुने गरेको बताएका छन्
मुख्‍य समाचार समाज स्वास्थ्य

किशोरीहरुलाई आज पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप दिइँदै

२७ भदौ, काठमाडौं । किशोरीहरुलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप ‘एचपीभी’ आजदेखि निःशुल्क लगाइँदै छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर