२९ मंसिर २०८२, सोमबार
अनौठो संसार मुख्‍य समाचार

वैज्ञानिकले बनाए अनौठो स्मार्ट चक्की, कम गर्छ भोक र घटाउँछ वजन

३० जेठ, काठमाडौं । संसारभरका वैज्ञानिकहरुले दिनहुँ एक न एक नयाँ खोज तथा आविष्कार गरिरहेका हुन्छन् । नयाँ अनुसन्धानसँगै मानव जीवनले भोगिरहेका समस्याको समाधान खोजिन्छ । यसै क्रममा वैज्ञानिकहरुले एउटा यस्तो स्मार्ट पिल्स पत्ता लगाएका छन् जुन मानिसमा भोक कम गर्न तथा वजन घटाउनमा रामवाण हुने दाबी गरिएको छ ।

हालै साइन्स जर्नलमा प्रकाशित एक शोधमा Vibrating Ingestible Bioelectric Stimulator – VIBES नामक उक्त चक्कीका बारेमा उल्लेख गरिएको छ । यसलाई वजन घटाउने प्रविधिको भविष्य भनी दाबी गरिएको छ । दाबी अनुसार यो चक्कीले मानिसमा भोक घटाउने काम गर्दछ ।

यद्यपि अहिलेसम्म यो चक्की मानिसमा परीक्षण भने गरिएको छैन । तर सुँगुरमा गरिएको परीक्षणले भने निकै आशाजनक परिणाम देखाएको छ ।

परीक्षणका क्रममा उक्त चक्की लिएको करीब ३० मिनेट पश्चात् सुँगुरले त्यसपछिको आधा घण्टामा सामान्य भन्दा करीब ४० प्रतिशत कम खाना खाएको थियो । यो पिल्सले पेटमा रहेका दबाब रिसेप्टरहरुलाई सक्रिय गरी खानेकुराको उपस्थितिलाई सक्रिय बनाउने काम गर्दछ ।

फलतः यसले मस्तिष्कको हाइपोथालामसलाई हर्मोनको स्तर बढाउने संकेत दिन्छ जसले हामीलाई पेट भरिएको महसुस गराउँछ ।

ओडिटी सेन्ट्रलमा प्रकाशित समाचार अनुसार ख्क्ष्द्यभ्क् तयार गर्ने टिमले स्मार्ट पिल्स खाना खानुभन्दा २० देखि ३० मिनेट अगाडि खानुपर्ने बताएको छ ताकि भोजनको सुरुमै पेट केही भरिएको महसुस होस् ।

शोधकर्ताका अनुसार पेटको भित्री तहमा रहेका मेकानोरिसेप्टर्सलाई कम्पनको माध्यमबाट कृत्रिम रुपमा तानेर मस्तिष्क र पेटको बीचको सम्बन्धलाई नियन्त्रण गर्न सकिन्छ ।पेटका ती दबाब रिसेप्टर्सलाई कम्पनको माध्यमबाट सक्रिय बनाउन सकिन्छ जसबाट पेट भरिएको महसुस गराउन सकिन्छ । यसबाट तनावको एक भ्रामक भावना पैदा हुन्छ जसले हर्मोन तथा खाना खाने तरिकालाई नै परिवर्तन गरिदिन्छ ।

भिटामिनको गोलीको आकारको यो चक्की एउटा बन्द ब्याट्रीबाट चल्दछ । यो चक्की यसको बाहिरी झिल्ली भंग गर्ने पेटको अम्लीय तरल पदार्थ वा बाह्य टाइमरबाट सक्रिय बनाउन सकिन्छ । काम सकिएसँगै यो अन्य अपच खानाजस्तै दिसाको माध्यमबाट बाहिर निस्किन्छ ।

यसको मूल्य अधिकतम १ डलरसम्म पर्नसक्ने बताइएको छ । यो चक्कीको मानिसमा छिटै परीक्षण गर्न सकिने अपेक्षा वैज्ञानिकहरुमा छ ।

एजेन्सीको सहयोगमा

थप समाचारहरु

मुख्‍य समाचार समाज

उदयपुरको सिवाई-बेल्हा जोड्‍ने भाँचिएको पुल बनाउन माग

  १४ साउन, काठमाडौं। उदयपुरका जनप्रतिनिधिसहितको टोलीले त्रियुगा पुल निर्माण सम्पन्न गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालासँग माग
मुख्‍य समाचार राजनीति

कोरियासहितका मुलुकमा मौसमी कामदारका रुपमा श्रम स्वीकृति दिइँदैन : मन्त्रालय

१५ साउन, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मौसमी कामदारका रुपमा कोरियासहितका मुलुकमा श्रम स्वीकृति नदिइने स्पष्ट पारेको