२८ फाल्गुन २०८२, बिहीबार
मुख्‍य समाचार समाचार समाज

प्रश्नपत्रको गोपनीयता भंग आरोपमा दुई शिक्षक पक्राउ

२८ जेठ , काठमाडौं । परीक्षाअगावै प्रश्नपत्रको गोपनीयता भंग गरेको आरोपमा प्रहरीले दुई शिक्षकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बागलुङ ग्वालीचौर–८ घर भइ ललितपुर उपमनपा–१८ बस्ने ३१ वर्षीय केशव घिमिरे र काठमाडौं–१६ वस्ने पाल्पाको रिब्दिकोट–३ का २४ वर्षीय  विकास ज्ञवाली छन् ।

राष्ट्रिय परीक्षा बोर्डबाट गत वैशाख १४–२६ मा कक्षा १२ को परीक्षा सञ्चालन भएको थियो । परीक्षा चलिरहेकै बेला काठमाडौं जिल्लाका केही परीक्षा केन्द्रहरूमा परीक्षार्थीहरू, विभिन्न विद्यालयका शिक्षकहरु समेतले मोबाइल फोनको माध्यमबाट परीक्षाको गोपनीयता र मर्यादा भंग हुनेगरी प्रश्नपत्रहरु सामाजिक सञ्जालका माध्यमहरु ह्वाट्सएप, म्यासेन्जर, इन्स्टाग्राम, भाइबर लगायतमा सेयर गरेको खुलेको थियो । विभिन्न ग्रुपहरु बनाएर तिनमा परीक्षाअघि नै प्रश्नपत्र तथा उक्त प्रश्नपत्रको उत्तरहरु आदानप्रदान गर्ने÷गराउने गरेको पाइएको थियो ।

उक्त कसुरमा संलग्नको खोजतलास दुवैलाई सोमबार टेकुबाट पक्राउ गरिएको

जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । शिक्षा ऐन, २०२८ अन्तर्गतको कसुरमा कार्बाहीका लागि काठमाडौं जिल्ला अदालतबाट प्रहरीले ५ दिनको हिरासत म्याद अनुमति लिएको छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि