३० फाल्गुन २०८२, शनिबार
मुख्‍य समाचार समाचार

धनगढीमा युवतीको अश्लील भिडियो बनाउने दुई जना पक्राउ

२८ जेठ , कैलाली । कैलालीको धनगढीमा युवतीको अश्लील भिडियो बनाउने दुई जना पक्राउ परेका छन्।धनगढीस्थित त्रिनगर सपिङ कम्प्लेक्समा रहेको आशिष मोबाइल ग्यालरीका सञ्चालकसहित एक जना बालक पक्राउ परेका हुन्। अश्लिल भिडियो बनाएर युवतीलाई ब्ल्याकमेल गरेको आरोपमा पसल सञ्चालकसहित बालक पक्राउ परेका हुन्।

प्रहरीका अनुसार पक्राउ पर्नेमा मोबाइल ग्यालरीका सञ्चालक धनगढी उपमहानगरपालिका–१ का ४१ वर्षीय शल्ताज आलम र उनको पसलमा काम गर्ने १३ वर्षीया बालक रहेका छन्। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक कविन्द्रबहादुर बोहराले उनीहरुले पसलमा मर्मत गर्न दिएको मोबाइलमा मोबाइल धनी युवतीको अश्लिल भिडियो बनाएर ब्ल्याकमेल गरेको पाइएपछि पक्राउ गरिएको बताए।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि