२८ फाल्गुन २०८२, बिहीबार
मुख्‍य समाचार समाचार समाज

त्रिशूलीमा बेपत्ता दुई किशोरमध्ये एकको शव फेला

२७ जेठ, काठमाडौं । धादिङको गजुरी गाउँपालिका–५ घाटबेशीबाट त्रिशूली नदीमा बेपत्ता भएका दुई किशोरमध्ये एक जनाको शव फेला परेको छ ।  घाटबेशीका १५ वर्षीय युनिक सुवेदीको शव सशस्त्र प्रहरीको गोताखोर टोलीले आइतबार फेला पारको हो ।

शनिबार दिउँसो ४ बजेतिर पौडी खेल्ने क्रममा १५ वर्षीय युनिक र १३ वर्षीय रिदम रोइला त्रिशूली नदीमा बेपत्ता भएका थिए । बेपत्ता भएकामध्ये रिदमको खोजी जारी रहेको सशस्त्र प्रहरी बलका सहप्रवक्ता तथा डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।

दुई किशोर बेपत्ता भएको सूचना पाए लगत्तै सशस्त्रको आदमघाटस्थित विपद् व्यवस्थापन बेसबाट डीएसपी मदनकुमार रसाईलीको कमाण्डमा ७ जनाको टोली परिचालन भएको थियो ।

आइतबार सशस्त्रको विपद् व्यवस्थापन शिक्षालय कुरिनटारबाट इन्सपेक्टर धनकुमार अधिकारीको कमाण्डमा ५ जनाको गोताखोर टोली पनि परिचालन गरिएको थियो ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि