२६ फाल्गुन २०८२, मंगलवार
प्रदेस समाचार मधेश मुख्‍य समाचार

सिरहा भगवानपुरको प्रशासकीय भवन अधुरै

२७ जेठ, सिरहा । सिरहाको भगवानपुर गाउँपालिकाको आधुनिक सेवासुविधा सहितको प्रशासकीय भवनको निर्माण कार्य अधुरै रहेको छ । ठेक्का पाएको निार्माण कम्पनीले २०८० असारदेखि बीचमै काम छाडेका कारण सो भवन निर्माण अधुरै रहेको हो ।

भगवानपुर–१ मा रु ११ करोड ५८ लाखको लागतमा भवन निर्माण गर्न २०७८ असारमा सम्झौता भएको सो गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रनारायण चौधरीले बताए । छत्तिस महिनाभित्र काम सम्पन्न गर्नेगरी रौता अनसुमन जेभी काठमाडौँले उक्त ठेक्का लिएको थियो । पाँचतले भवन निर्माणको काम अधुरै छाडेको कम्पनीले रु तीन करोड पाँच लाख २० हजार भुक्तानी पाइसकेको उनले बताए ।

पटकपटक ताकेता गर्दा पनि निर्माणको काम सम्पन्न गर्न उक्त कम्पनीले चासो नदेखाएको प्रमुख प्रशासकीय अधिकृत चौधरीको भनाइ छ । हालसम्म भवनको ३५ प्रतिशत काम सकिएको छ । गाउँपालिकाको आफ्नै भवन नहुँदा साविकको भगवानपुर गाविस भवनबाट काम सञ्चालन गरिँदै आएको छ । केही वडाले भाडामा कार्यालय सञ्चालन गर्दैआएका छन् । वार्षिक रु २६ लाख घर भाडामा खर्च भइरहेको गाउँपालिकाले जनाएको छ ।

थप समाचारहरु

प्रदेस समाचार समाज सुदूरपश्चिम

जंगली च्याउ खाँदा बैतडीमा एकै परिवारका पाँच जना विरामी

५ साउन, बैतडी । जंगली विषालु च्याउ खाँदा बैतडीमा पाँच जना सिकिस्त बिरामी भएका छन् । बिरामी पर्नेमा जिल्लाको सुर्नया
कोशी प्रदेस समाचार समाज

कोशीका सवा २ लाख पशुमा ‘लम्पी स्किन’ संक्रमण, ५ हजार मरे

६ साउन, झापा । कोशीका सवा दुई लाख पशुमा ‘लम्पी स्किन’ सङ्क्रमण, पाँच हजार मरे महामारीको रुपमा फैलिएको ‘लम्पी स्किन’