६ पुष २०८२, आईतवार
कर्णाली प्रदेस समाचार मुख्‍य समाचार समाचार समाज

कर्णालीको झोलुंगे पुलको लठ्ठा चुँडिदा १४ खच्चर फसे

२७ जेठ, काठमाडौं । अछाम र दैलेख जिल्ला जोड्ने कर्णाली नदीमाथिको झोलुंगे पुलको लठ्ठा चुँडिदा १४ वटा खच्चड पुलमै अड्किन पुगेका छन् । पुलको एकातर्फको लठ्ठा चुँडिदा बिहानैदेखि ती खच्चड तारमा फसेका हुन् ।

पुलको लठ्ठा चुँडिएपछि अहिले दुई जिल्लाबीच आउजाउ पनि बन्द भएको छ ।

यो झोलुंगे पुलले सुदूरपश्चिम र कर्णाली प्रदेशलाई जोड्ने गर्दछ । पुलले अछामको पञ्चदेवल बिनायक नगरपालिका ९ र दैलेखको आठबीस नगरपालिका ४ लाई जोड्ने काम गर्दछ ।

जिल्ला प्रशासन कार्यालय दैलेखका निमित्त प्रमुख अधिकारी गणेशप्रसाद कोइरालाले घटनाबारे जानकारी आएलगत्तै उद्धारका लागि टोली खटाइएको जानकारी दिए ।‘सबै सुरक्षा निकाय, उद्धार टोलीदेखि लिएर छिमेकी जिल्लामा पनि सबैलाई जानकारी दिइसकेका छौं,’ उनले भने, ‘टोली त्यहाँ पुग्दै होला । बाँकी बुझ्दैछौं ।’

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि