२८ फाल्गुन २०८२, बिहीबार
मुख्‍य समाचार समाचार समाज

भक्तपुरमा वरिष्ठ पत्रकार बस्नेतसहित चार जना सम्मानित

२७ जेठ , भक्तपुर । नेपाल पत्रकार महासंघ, भक्तपुर शाखाले वरिष्ठ पत्रकार माथवरसिंह थापासहित चार जना पत्रकारहरुलाई सम्मान गरेको छ । शाखाको शनिवार सम्पन्न ९औँ अधिवेशन तथा साधारण सभाले वरिष्ठ पत्रकार माथवर सिंह थापालाई नगद पाँच हजार रुपैयाँसहित वरिष्ठ पत्रकार सम्मानले अभिनन्दन गरिएको हो ।

त्यस्तै, राजधानी दैनिकका पत्रकार तथा पत्रकारिता अध्यापक पूर्णभक्त दुवाललाई १५ हजार रुपैयाँसहित स्व. भगवान, राजकुमार महर्जन स्मृति पुरस्कार प्रदान गरिएको छ । त्यस्तै, ५–५ हजार नगदसहित चन्द्रकला क्षेत्री भगवतीलाई महिला पत्रकारिता पुरस्कार र कृष्ण प्रसाद नेपाललाई स्व. मैयाँदेवी शिल्पकार स्मृति पुरस्कारबाट सम्मान गरिएको छ ।

पुरस्कृत पत्रकारहरुलाई कार्यक्रमका प्रमुख अतिथि एवम् भक्तपुर क्षेत्र नं. २ का सांसद दुर्लभ थापाले पुरस्कृत गरे ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि