१८ चैत्र २०८२, बुधबार
खेलकुद

ई–स्पोर्ट्सको राष्ट्रिय च्याम्पियनसिप असारमा

२५ जेठ, काठमाडौं । ई–स्पोर्ट्सको राष्ट्रिय च्याम्पियनसिप असारको दोस्रो साता कर्णाली प्रदेशको सुर्खेतमा हुने भएको छ ।

ई–स्पोर्ट्स संघ नेपालको आयोजनामा राष्ट्रिय च्याम्पियनसिप असार १४ र १५ गते हुने भएको हो ।

संघले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताबारे जानकारी गराएको हो । ई–स्पोर्ट्सको राष्ट्रिय च्याम्पियनसिपमा पब्जी मोबाइल, मोबाइल लिजेण्ड्स र ई–फुटबल गरि तीन विधाका खेललाई समावेश गरिएको छ ।

पब्जी मोबाइलको छनोट अनलाइन मार्फत हुने र अन्तिम १६ को फाइनल राउण्ड भौतिक रुपमा गरिने जानकारी दिइएको छ । मोबाइल लिजेण्डका सबै खेल अनलाइन र ई–फुटबलको प्रारम्भिक छनोट अनलाइन, सेमिफाइनल र फाइनल प्रतिस्पर्धा भौतिक रुपमा सञ्चालन गरिने संघले जनाएको छ ।

संघका अध्यक्ष अन्जन धमलाले नेपालमा बढ्दो लोकप्रियता, अन्तर्राष्ट्रिय सम्भावना र लगानीको प्रतिफलका हिसाबले तीन खेललाई प्राथमिकतामा राखेर राष्ट्रिय च्याम्पियनसिपमा समावेश गरिएको जानकारी दिए ।

प्रतियोगितामा पुरस्कारको कुल राशि १२ लाख रुपैयाँ छ । प्राइज पुलको ७० प्रतिशत पब्जी मोबाइलमा, २० प्रतिशत पुरस्कार एमएलबीबी र १० प्रतिशत पुरस्कार ई–फुटबलमा बाँडिनेछ । तीन वटै खेल विधाका विजेताले आसन्न एसियन ई–स्पोर्ट्स च्याम्पियनसिपको नेपाल छनोटको फाइनल चरणमा स्थान सुरक्षित गर्ने बताइएको छ ।
टिम दर्ता शुक्रबारबाटै खुल्ला गरिएको छ भने प्रतियोगितामा प्रदेश र क्लब गरि तीन सय बढी टिमले छनोट चरणबाट भाग लिने संघले जनाएको छ ।

संघको वेबसाइटमा गएर टिम दर्ता गर्न सकिने र भौतिक रुपमा समेत टिम दर्ताको सुविधा राखिएको संघका सचिव आशिष दाहालले बताए ।

अनलाइन छनोट असार ४ देखि १० गतेसम्म र भौतिक रुपमा अन्तिम चरणका खेल असार १४ र १५ गते सुर्खेतमा हुनेछ । प्रतियोगितामा १६ वर्षमाथिका खेलाडीले मात्र सहभागिता जनाउन पाउनेछन् ।

संघका अध्यक्ष धमलाले आधुनिक खेल विधाको रुपमा अन्तर्राष्ट्रिय रुपमा उदाएको ई–स्पोर्ट्सलाई विश्व जगतमा प्रतिस्पर्धात्मक खेलको रुपमा विकास गर्ने लक्ष्यसहित आफूहरु अघि बढेको जानकारी गराए ।

थप समाचारहरु

खेलकुद

प्रधानमन्त्री प्रचण्ड दिल्लीमा, भारतीय राज्यमन्त्री लेखीले गरिन् स्वागत

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
खेलकुद

विश्व वातावरण दिवसको अवसरमा सिद्धार्थ बैंकद्वारा विविध कार्यक्रम

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected