२९ फाल्गुन २०८२, शुक्रबार
मुख्‍य समाचार

डा. गोविन्द केसीको चेतावनी : ७ बुँदे माग पूरा नभए फेरि अनसन बस्छु

२४ जेठ, काठमाडौं । डा गोविन्द केसीले विभिन्न ७ बुँदे माग राख्दै पूरा नभए फेरि अनसन बस्ने चेतावनी दिएका छन् । उनले दुर्गा प्रसाईंको मेडिकल कलेजलाई सम्बन्धन दिने सर्वोच्चको आदेशमा पनि आपत्ति जनाएका छन् ।

डा केसीले सर्वोच्चले फैसलामा पनि माफियाहरुको स्वार्थअनुरुप गरेको गम्भीर आरोप लगाएका छन् ।

‘सुनियोजित ढंगले अध्यक्ष तथा प्रमको हैसियतले प्रचण्ड सबै निर्देशकका पदहरू महिनौँ देखि खाली राखेर चिकित्सा शिक्षा ऐन तथा नियमावली विपरीत र आयोगको स्थापित मूल्य मान्यता र मर्ममा प्रहार हुने गरी पार्टी वफादार भ्रष्ट न्यायाधीशहरूको सहयोगमा माफियाहरूको स्वार्थ पूरा हुने फैसला तथा निर्णयहरू गराउन प्रभावकारी भूमिका निर्वाह गरिरहेका छन्’, उनले भनेका छन् ।

डा केसीले आफूहरुले सशस्त्र द्वन्द्वकालीन मुद्दाका पीडितहरुलाई न्याय दिन निरन्तर घच्घच्याइरहेको तर, सरकारले कुनै कदम नचालेको पनि जिकिर गरेका छन् । उनले राज्य जवाफदेही हुनुको साटो मिडियाको मुख थुन्न लागिपरेको बताएका छन् ।

थप समाचारहरु

मुख्‍य समाचार समाज

उदयपुरको सिवाई-बेल्हा जोड्‍ने भाँचिएको पुल बनाउन माग

  १४ साउन, काठमाडौं। उदयपुरका जनप्रतिनिधिसहितको टोलीले त्रियुगा पुल निर्माण सम्पन्न गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालासँग माग
मुख्‍य समाचार राजनीति

कोरियासहितका मुलुकमा मौसमी कामदारका रुपमा श्रम स्वीकृति दिइँदैन : मन्त्रालय

१५ साउन, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मौसमी कामदारका रुपमा कोरियासहितका मुलुकमा श्रम स्वीकृति नदिइने स्पष्ट पारेको