६ मंसिर २०८२, शनिबार
खेलकुद समाचार

आइसीसी टी–२० विश्वकपः भारत र आयरल्याण्डबीच प्रतिस्पर्धा हुने

२३ जेठ, काठमाडौं । वेस्टइन्डिज र अमेरिकामा जारी आइसीसी टी–२० विश्वकप क्रिकेटमा भारतले आज आफ्नो पहिलो खेल खेल्दै छ । समूह ए मा रहेको भारत र आयरल्याण्डबीचको खेल न्युयोर्कको नासाउ काउन्टी क्रिकेट स्टेडियममा नेपाली समय अनुसार राति सवा ८ बजे सुरु हुनेछ ।

यही मैदानमा भारत र पाकिस्तानबीचको पनि खेल हुने भएकाले एक साता अघि देखि नै सुरक्षा व्यवस्था भने कडा बनाइएको छ । न्यूयोर्कमा आतंकवादी हमलाको खतरालाई मध्यनजर गर्दै सुरक्षा व्यवस्था मजबुत पारिएको जनाइएको छ ।

टी–२० अन्तर्गत नासाउ काउन्टीमा अहिलेसम्म एउटा मात्र खेल खेलिएको छ, जुन निकै कम स्कोरिङ भएको थियो ।

नासाउको पिच यस्तो छ कि अहिलेसम्म कसैले अनुमान लगाउन सकेको छैन । दक्षिण अफ्रिकाविरुद्ध श्रीलंकाको टोली ७७ रनमा मात्रै सिमित भयो । यति मात्र होइन, दक्षिण अफ्रिकालाई ७८ रनको लक्ष्य पछ्याउन १७ ओभर लागेको थियो । यस्तो अवस्थामा आयरल्याण्ड जस्तो खतरनाक टोली अपसेट गराउन माहिर छ । यसअघि पनि उसले धेरै पटक यस्तो गरिसकेको छ ।

तर, भारत र आयरल्याण्डबीचको तथ्याङ्क हेर्दा यी दुई टोलीबीच अहिलेसम्म सात खेल भइसकेका छन् । भारतले सातवटै खेल जितेको छ । रोहित शर्माको नेतृत्वमा रहेको भारतीय टोलीले आयरल्याण्डलाई हल्का रुपमा लिने प्रयास गर्नेछैन । भारतीय टोली कागजमा निकै बलियो मानिन्छ । टोलीमा अनुभव र युवा जोशको विशेष मिश्रण छ । यस्तै, आयरल्याण्डको टोली पनि आज पहिलो पटक भारतलाई हराउने लक्ष्यसाथ मैदान उत्रने छ ।

थप समाचारहरु

खेलकुद

प्रधानमन्त्री प्रचण्ड दिल्लीमा, भारतीय राज्यमन्त्री लेखीले गरिन् स्वागत

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
खेलकुद

विश्व वातावरण दिवसको अवसरमा सिद्धार्थ बैंकद्वारा विविध कार्यक्रम

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected