१२ श्रावण २०८१, शनिबार
अनौठो संसार मुख्‍य समाचार

सय वर्ष पुग्नै लाग्दा पाँचौं विवाह

२१ जेठ , काठमाडौं । शताब्दि टेक्नैलागेका एकजना सञ्चार व्यवसायीले हालै पाँचौं विवाह गरेका छन् । दक्षिणपन्थी मानिने ब्रिटिश ट्याब्लोइड पत्रिका द सनका सञ्चालक मुगल रुपर्ट मर्डोकले शनिबार पाँचौं पटक विवाह गरेका हुन् ।

 

मर्डोकको स्वामित्वमा रहेको ‘द सन’ले क्यालिफोर्नियाको बेल–एयरमा उनकी ६७ वर्षीया श्रीमती, सेवानिवृत्त आणविक जीववैज्ञानिक एलेना झुकोवासँगै विवाह गरेका हुन् ।मर्डोक ९३ वर्ष पुगे । उनी अस्ट्रेलियाली अर्बपतिको सूचिमा सूचिकृत व्यक्ति हुन् ।

 

झुकोवा रूसी अमेरिकी कला कलेक्टर दशा झुकोवाकी आमा हुन्, जो रूसी कुलीन रोमन अब्रामोविचकी पूर्व पत्नी हुन् । मर्डोक दशकौंसम्म फक्स कर्पोरेशन र न्यूज कर्पको नेतृत्वमा बसे । दुई मिडिया कम्पनीहरू जसमा वाल स्ट्रीट जर्नल, न्यूयोर्क पोस्ट र फक्स न्यूज पनि उनकै स्वामित्वमा रहेको सिएनएन समाचारमा उल्लेख छ ।

 

ब्लूमबर्गको बिलियनेयर इन्डेक्सका अनुसार ९.७७ बिलियन डलरको नेटवर्थ भएका मर्डोकले नोभेम्बर २०२३ मा आफ्नो छोरा लाचलानलाई व्यवसायको जिम्मेवारी सुम्पेर दुवै संस्थाको अध्यक्ष पदबाट राजीनामा दिने घोषणा गरे । त्यस समयमा मर्डोकले न्यूज कर्पमा आफ्नो सक्रिय भूमिका जारी राख्नेछन् र अझै पनि दुई कम्पनीको अध्यक्ष एमेरिटसको क्षमतामा सेवा गर्ने बताएका थिए  ।

उनले गत वर्षको गर्मीयामदेखि झुकोवासँग भेटघाट गर्न थालेका थिए । यो जोडीले मार्चमा आफ्नो इन्गेजमेन्टको घोषणा गरेको थियो । मर्डोकले हालै पूर्व सुपर मोडल जेरी हलसँग विवाह गरेका थिए । तर दम्पतीले २०२२ मा सम्बन्धविच्छेद गरे ।

 

मार्च २०२३ मा मर्डोकले एन लेस्ले स्मिथ नाम गरेकी नारीसँग सम्बन्ध राख्ने प्रस्ताव गरे पनि दुई हप्ता नबित्दै त्यो रद्द गरियो ।

प्रतिक्रिया दिनुहोस्