२८ फाल्गुन २०८२, बिहीबार
मुख्‍य समाचार समाचार समाज

भारतको जम्मुमा बस दुर्घटना हुँदा २२ जनाको मृत्यु

१८ जेठ, काठमाडौं । भारतको जम्मुमा तीर्थयात्री सवार बस दुर्घटना हुँदा २२ जनाको मृत्यु भएको छ भने ६९ जना घाइते भएका छन् ।

समाचार एजेन्सी पीटीआईका अनुसार जम्मु–पुँछ राजमार्ग अन्तर्गत चोकीचोरा भन्ने स्थानमा विहीबार बस दुर्घटना भएको हो । बस करिब १५० फिट तल खसेको छ ।

भारतीय सञ्चार माध्यमका अनुसार उत्तर प्रदेशको हाथरस र राजस्थानका करिब ९० जना तीर्थ यात्री बसमा थिए । उनीहरु हरियाणाको कुरुक्षेत्रबाट जम्मुकश्मीरको रियासी जिल्लातर्फ जाँदै गर्दा दुर्घटनामा परेका हुन् ।

घाइतेहरुलाई जम्मुको अखनुर अस्पतालमा र सरकारी मेडिकल कलेजमा उपचार भइरहेको छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले मृतकका परिवारलाई २–२ लाख रुपैयाँ र घाइतेहरुलाई ५० हजार रुपैयाँ राहत दिने घोषणा गरेका छन् ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि