१ फाल्गुन २०८२, शुक्रबार
खेलकुद मुख्‍य समाचार

क्रिकेट मैदान निरीक्षणमा मन्त्री श्रेष्ठ, सन्दीपलाई दिए आश्वासन

१७ जेठ , काठमाडौं । युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले कीर्तिपुरस्थित क्रिकेट रंगशालामा निरीक्षण गरेका छन् ।

बिहीबार मैदानको निरीक्षण गर्दै उनले बजेट बढेर आएपनि गर्नुपर्ने कामहरु असिमित रहेको भन्दै यसमा सबैको सहकार्य आवश्यक रहेको बताए ।

उनले भने, ‘पाँच वर्षको सबैभन्दा ठूलो बजेटमा आइपुगेका छौं । तर चाहनाहरु असिमित छन् तर स्रोत र साधन पुँजी सिमित छन् । यसमा हामी सबै एकै स्थानमा बसेर काम गर्नुपर्ने बाध्यता छ । सँधै राज्यसँग आश गरेर हुदैँन् । खेलकुद भनेको आफैंमा व्यवसायिक हुनुपर्छ । लगानी गरेवापत् राज्यले पनि केही खोज्छ ।’

साथै दर्शकहरुको खानेपानी र शौचालयको सुविधाको विषय महत्वपूर्ण भएको भन्दै त्यसलाइ पनि सम्बोधन गर्दै जाने भन्ने निष्कर्षमा पुगेको बताए ।

रकमको सहि सदुपयोग गर्ने, खेलाडीहरुको लागि होस्टेलको व्यवस्था र संरचनालाई सुदृढ गर्ने विषयमा मन्त्रालय गम्भीरताका साथ लाग्ने पनि उनले बताए ।

उनले भने, ‘छिमेकी राष्ट्र भारतले सहयोग गर्ने भनेको २० करोड रुपैंयाँको कुरामा छलफल भएको छ । अब त्यसलाई कहाँ कसरी सदुपयोग गर्ने, सामाजिक उत्तरदायित्वको कुरा पनि बजेटमा आएको छ । त्यो रकमलाई कहाँ प्रयोग गर्ने वा  खेलाडीहरुको लागि होस्टेल बनाउनुपर्ने कुरामा छलफल भइरहेको छ । त्यसका लागि बाहिरी देशको प्रचलन अनुसार जाने र व्यवहारिक तरिकाले संरचनालाई सुदृढीकरण गर्ने साथै अन्तर्राष्ट्रिय स्तरका संरचना तयार गरेर प्रतिस्पर्धामा आउने हाम्रो उद्देश्य हो ।’

सोही क्रममा महासचिव पारस खड्काले मन्त्री श्रेष्ठको कुराले उत्साहित भएको भन्दै कानूनको अधिनमा रहेर छिटोभन्दा छिटो परिणाम ल्याउने हिसाबले अगाडि बढ्ने बताए ।

उनले भने, ‘अहिलेको हाम्रो प्राथमिकताको कुरा भनेको दर्शकहरु बस्ने स्थानलाई डिभाइड गर्ने, महिला–पुरुष शौचालय बनाउने र भीआइपी एरियामा बसेर हेर्न मिल्ने संरचना बनाउने योजना भएको छ । आजको कुराले उत्साहित भएका छौ । कानूनमा बसेर काम अगाडि बढाएर छिटोभन्दा छिटो परिणाम ल्याउन हिसाबले अगाडि बढ्ने छौं ।’

अवलोकन भ्रमणमा क्रममा मैदानमा अभ्यास गरिरहेका क्रिकेटर सन्दीप लामिछानेलाई पनि भेटेर मन्त्री श्रेष्ठले कूटनीतिक पहलहरु भइरहेको सुनाउँदै सरकार गम्भीर रुपमा लागेको सुनाए ।

उनले भने, ‘हाम्रो तर्फबाट सतप्रतिशत काम भएको छ । उताको कुरा के के हुन्छ हेरौं ।  त्यसमा कूटनीतिक कुराहरु छन् । सरकार पनि एकदम चिन्तित छ । कूटनीतिक कार्यमा गएर रोकिएको हो । केही राम्रो नै हुन्छ भन्ने आशा गरौं ।’

निरीक्षणमा मन्त्री, राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टंकलाल घिसिङ र नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्कालगायतका कर्मचारीहरु गएका थिए ।

 

थप समाचारहरु

खेलकुद

प्रधानमन्त्री प्रचण्ड दिल्लीमा, भारतीय राज्यमन्त्री लेखीले गरिन् स्वागत

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
खेलकुद

विश्व वातावरण दिवसको अवसरमा सिद्धार्थ बैंकद्वारा विविध कार्यक्रम

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected