८ पुष २०८२, मंगलवार
अर्थ मुख्‍य समाचार समाचार समाज

बजेट पूर्ण कार्यान्वयन भएमात्र व्यवसायीको मनोबल उच्च हुन्छ : अध्यक्ष ढकाल

१७ जेठ ,काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारले बजेटको मार्गनिर्देशन पूर्ण कार्यान्वयन गरेमात्र व्यवसायीको मनोबल उच्च हुने बताएका छन् ।

बिहीबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले बजेटमा समावेश भएका विषयहरुमा निजी क्षेत्र र सरोकारवालासँग काठमाडौंमा गरेको अन्तरक्रियामा निजी क्षेत्रले दोस्रो चरणको आर्थिक सुधार चाहेको र त्यो बजेटमा सम्बोधन भएको उनले बताए । उनले बजेटमा समेटिएको हरेक क्षेत्रमा निजी क्षेत्रलाई समावेश गर्ने विषय पनि स्वागतयोग्य भएको बताए ।

‘दोस्रो चरणको आर्थिक सुधारको कुरा निजी क्षेत्रले चाहेको थियो । बजेटले सम्बोधन ग¥यो । बजेटले हरेक क्षेत्रमा निजी क्षेत्रलाई समावेश गर्ने भनेको छ । यो स्वागतयोग्य छ,’ढकालले थपे, ‘सरकारले हुबहु यो कार्यान्वयन गर्नुपर्छ । लगानी कम्पनीको अवधारणा निजी क्षेत्रले उठाएको थियो, बजेटमा समावेश भयो, यो खुसीको कुरा हो ।’

यस्तै, ढकालले बजेटले निजी क्षेत्रको मागलाई समेट्दै अगाडि बढ्ने विषय राम्रो भए पनि यसको कार्यान्वयन चुनौतीपूर्ण हुने उल्लेख गर्दै यसतर्फ सबैले ध्यान दिनुपर्नेमा जोड दिए ।

अध्यक्ष ढकालले पुराना बजेटका कतिपय कार्यक्रम र नीतिलाई बजेटमा नसमेटिनु दुःखद पक्ष भएपनि बजेटमा स–साना छरिएर रहेका पुँजीलाई लगानीमा परिणत गर्नेलगायत कार्यक्रम निजी क्षेत्रको सुझाव अनुसार नै प्राथमिकतामा परेकोमा सन्तुष्टि देखिए ।

विशेषगरी मर्जर र एक्विजिसनमा दिइएको सुविधा अहिलेको बजेटमार्फत काटिएकोमा भने ढकालले गुनासो गरे ।

‘मर्जर र एक्विजिसनमा अगाडिको बजेटले दिएको सुविधा कतिपय ओभरसाइज्ड एजेन्सीहरुले दिएको रिपोर्टको कारणबाट आउने बजेटमा काटिएको छ । त्यसले अर्थमन्त्रालयलाई १५–२० अर्ब संकटको बेला आउने राम्रो होला तर, त्यसले दिने सन्देश एकदमै नकारात्मक हिसाबको हुने हुनाले यसमा अर्थमन्त्रीज्युले सुधार गर्नुहुनेछ भन्नेमा आग्रह गर्छु ।’

 

 

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि