२३ फाल्गुन २०८२, शनिबार
मुख्‍य समाचार समाचार

स्ववियु परिषद सभापतिमा कोटेश्वर क्याम्पसका बुढाथोकी चयन

१७ जेठ, काठमाडौं । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) परिषदको सभापति पदमा कोटेश्वर क्याम्पस स्ववियु सभापति संजय बुढाथोकी चयन भएका छन् ।

नेपाल विद्यार्थी संघका केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाले नेपाल विद्यार्थी संघको विधान २०२७ को भाग ३ को धारा ६ ले व्यवस्था गरे बमोजिम रिक्त रहेको स्ववियु परिषदको सभापतिमा बुढाथोकीलाई मनोनयन गरेका हुन ।

नेपाल विद्यार्थी संघका केन्द्रीय अध्यक्ष शेर्पाले तिन महिना भित्र स्ववियु परिषदको अधिवेशन सम्पन्न गरिसक्न पनि बुढाथोकीलाई जिम्मेवारी सुम्पिएका छन् ।

बुढाथोकी नेपाल विद्यार्थी संघका जुझारु र संगठन बनाउन सक्ने विद्यार्थी नेताका रुपमा चिनिन्छन ।

चार हजार भन्दा बढी विद्यार्थी अध्ययनरत देशभरिकै उत्कृष्ठ सामुदायिक कलेजहरुमध्ये परिचित कोटेश्वर क्याम्पसका स्ववियु सभापति बुढाथोकीको मनोनयनले जुझारु विद्यार्थीहरुले मनोनयनलाई ‘ राइट म्यान इन राइट प्लेस’ को संज्ञा दिएका छन् ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि