२९ फाल्गुन २०८२, शुक्रबार
मुख्‍य समाचार समाचार

सिंहदरबार वैद्यखानाको पुर्नसंरचना गरिने

१५ जेठ, काठमाडौं । सरकारले सिंहदरबार वैद्यखानाको पुर्नसंरचना गरी क्षमता विस्तार गर्ने भएको छ । अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष २०८१-८२ को बजेट प्रस्तुत गर्दै यस्तो जानकारी गराएका हुन् ।

आधारभूत आयुर्वेद औषधि उत्पादनलाई प्रवर्द्धन गर्दै सरकारी, सामुदायिक र निजी क्षेत्रबाट सञ्चालित स्वास्थ्य सेवा, औषधि उत्पादन र वितरणको गुणस्तर र मूल्यको नियमन सुदृढ बनाइने मन्त्री पुनले जानकारी दिए । उनका अनुसार वैकल्पिक उपचार पद्धतिका लागि २४ करोड विनियोजन भएको छ ।

यस्तै आयुर्वेद, प्राकृतिक चिकित्सा,योग, होमियोप्याथी, यूनानी, अक्युपङ्चर, सोवारिग्पा लगायतका अन्य वैकल्पिक उपचार पद्धतिको विस्तार गरिने उनले बताए । नागरिक आरोग्य कार्यक्रमलाई समुदायस्तर सम्म विस्तार गर्ने उनले बताए ।

काठमाडौंको बुढानीलकण्ठमा रहेको राष्ट्रिय आयुर्वेद योग तथा पञ्चकर्म केन्द्र भवनको निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याइने उनले जानकारी दिए ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि