२९ फाल्गुन २०८२, शुक्रबार
मुख्‍य समाचार समाचार समाज

किराँत समुदायले उभौली पर्व मनाउँदै

१० जेठ , काठमाडौं । आज किराँत समुदायले उभौली पर्व मनाउँदै छन् । किराँत धर्मावलम्बी राई, लिम्बु लगायत जातजातिहरूले उभौली अर्थात् चण्डी पूर्णिमामा प्रकृतिको पूजा आराधना गरी यो पर्व मनाउने गर्दछन् ।

किराँत समुदायमा प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन बाली लगाउनुअघि गाउँगाउँमा रहेका भूमेस्थानमा बाली राम्रो होस् भनेर प्रकृतिको पूजा गर्ने परम्परा रहिआएको छ ।

मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन बाली भित्राएर जाडो छल्न बेँसी झरेका मानिस आजदेखि उँभो लाग्छन् । बैशाख पूर्णिमा पछि गर्मी बढ्दै जाने र बेँसीमा रहेका यो समुदायका मानिस लेकतिर उँभो लाग्ने भएकाले पनि यसको नाम उँभौली रहेको हो ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि