२९ फाल्गुन २०८२, शुक्रबार
मुख्‍य समाचार

बुद्धका सन्देश पालना गरे राष्ट्रिय एकतामा बल पुग्छ : राष्ट्रपति पौडेल

१० जेठ , काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले महामानव गौतम बुद्धका प्ररेणादायी उपदेश र मार्गदर्शनको परिपालन गर्न सकेमा नेपाली समाजमा आपसी सद्भाव र राष्ट्रिय एकतामा बल पुग्ने बताएका छन् ।

उनले शान्तिका प्रतीककारुपमा विश्वभर सम्मान गरिने बुद्धको जन्मभूमि नेपाल हुनु नै नेपालीका लागि गौरवको विषय भएको बताए ।

बिहीबार २५६८ औँ बुद्ध जयन्तीका सन्दर्भमा शुभकामना सन्देशमार्फत् उनले भनेका छन्, ‘शान्तिका प्रतीकका रूपमा सम्मान गरिने महामानव गौतम बुद्धको जन्मभूमि नेपाल हुनु हामी सबै नेपालीहरूका लागि गौरवको विषय हो । उहाँका प्रेरणादायी उपदेश र मार्गदर्शनको परिपालन गर्न सकेमा धार्मिक, सामाजिक तथा साँस्कृतिक विविधताबीच सहिष्णुता र आपसी सद्भाव कायम गर्दै राष्ट्रिय एकतालाई थप सुदृढ एवम् सबल बनाउन सकिने विश्वास मैले लिएको छु ।’

राष्ट्रपति पौडेलले बुद्ध जयन्तीका अवसरमा गौतम बुद्धका कालजयी उपदेश र मार्गदर्शनलाई आत्मसात् गर्न समेत आह्वान गरेका छन् ।

थप समाचारहरु

मुख्‍य समाचार समाज

उदयपुरको सिवाई-बेल्हा जोड्‍ने भाँचिएको पुल बनाउन माग

  १४ साउन, काठमाडौं। उदयपुरका जनप्रतिनिधिसहितको टोलीले त्रियुगा पुल निर्माण सम्पन्न गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालासँग माग
मुख्‍य समाचार राजनीति

कोरियासहितका मुलुकमा मौसमी कामदारका रुपमा श्रम स्वीकृति दिइँदैन : मन्त्रालय

१५ साउन, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मौसमी कामदारका रुपमा कोरियासहितका मुलुकमा श्रम स्वीकृति नदिइने स्पष्ट पारेको