१२ श्रावण २०८१, शनिबार
मुख्‍य समाचार

सन्दीपले अमेरिकन दूतावासबाट भिसा पाएनन्

९ जेठ, काठमाडौं ।  आइसीसी टी–२० विश्वकप क्रिकेट खेल्न जान लागेका नेपाली क्रिकेट सन्दीप लामिछानेले अमेरिकन राजदूतावासबाट भिसा पाएनन् । आज अमेरिकन दूतावासमा अन्तर्वार्ता दिएका सन्दीपले भिसा नपाएका हुन् ।

सन् २०१९ मा पनि भिसा नपाएका सन्दीपले त्यसपछि भिसा पाएर खेल्न गएका थिए ।

यसअघि पटक पटक अमेरिका गइसकेका सन्दीपविरुद्ध अदालतमा मुद्दा परेपछि विगतको भिसा रद्द गरिएको जानकारी पनि ढिला गरी पाएका थिए ।

उच्च अदालत पाटनबाट जेठ २ गते उनले सफाइ पाएका थिए ।  जेठ ४ गते उनलाई अमेरिकी राजदूतावासले विगतको भिसा  रद्द भएको इमेल पठाएको थियो । शुक्रबार परेकाले त्यसपछि सोमबारमात्रै उनले नयाँ प्रक्रिया सुरु गरेका थिए ।

तर, अन्तर्वार्ताका लागि गए पनि उनी असफल भएका हुन् ।

नेपालले जुन १ बाट विश्वकप सुरु भए पनि नेपालले जुन ४ मा नेदरल्याण्ड्सँग खेल्दै प्रतियोगिता सुरुआत गर्ने छ ।

प्रतिक्रिया दिनुहोस्