९ फाल्गुन २०८२, शनिबार
मुख्‍य समाचार

सन्दीपले अमेरिकन दूतावासबाट भिसा पाएनन्

९ जेठ, काठमाडौं ।  आइसीसी टी–२० विश्वकप क्रिकेट खेल्न जान लागेका नेपाली क्रिकेट सन्दीप लामिछानेले अमेरिकन राजदूतावासबाट भिसा पाएनन् । आज अमेरिकन दूतावासमा अन्तर्वार्ता दिएका सन्दीपले भिसा नपाएका हुन् ।

सन् २०१९ मा पनि भिसा नपाएका सन्दीपले त्यसपछि भिसा पाएर खेल्न गएका थिए ।

यसअघि पटक पटक अमेरिका गइसकेका सन्दीपविरुद्ध अदालतमा मुद्दा परेपछि विगतको भिसा रद्द गरिएको जानकारी पनि ढिला गरी पाएका थिए ।

उच्च अदालत पाटनबाट जेठ २ गते उनले सफाइ पाएका थिए ।  जेठ ४ गते उनलाई अमेरिकी राजदूतावासले विगतको भिसा  रद्द भएको इमेल पठाएको थियो । शुक्रबार परेकाले त्यसपछि सोमबारमात्रै उनले नयाँ प्रक्रिया सुरु गरेका थिए ।

तर, अन्तर्वार्ताका लागि गए पनि उनी असफल भएका हुन् ।

नेपालले जुन १ बाट विश्वकप सुरु भए पनि नेपालले जुन ४ मा नेदरल्याण्ड्सँग खेल्दै प्रतियोगिता सुरुआत गर्ने छ ।

थप समाचारहरु

मुख्‍य समाचार समाज

उदयपुरको सिवाई-बेल्हा जोड्‍ने भाँचिएको पुल बनाउन माग

  १४ साउन, काठमाडौं। उदयपुरका जनप्रतिनिधिसहितको टोलीले त्रियुगा पुल निर्माण सम्पन्न गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालासँग माग
मुख्‍य समाचार राजनीति

कोरियासहितका मुलुकमा मौसमी कामदारका रुपमा श्रम स्वीकृति दिइँदैन : मन्त्रालय

१५ साउन, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मौसमी कामदारका रुपमा कोरियासहितका मुलुकमा श्रम स्वीकृति नदिइने स्पष्ट पारेको