१९ कार्तिक २०८२, बुधबार
मुख्‍य समाचार समाचार समाज

कैलाश सिरोहियालाई पक्राउ गर्न कान्तिपुर पुग्यो प्रहरी

८ वैशाख, काठमाडौं । कान्तिपुर पब्लिकेसन्सका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ गर्न कान्तिपुरको थापाथलीस्थित कार्यालयमा प्रहरी पुगेको छ ।

सिरोहियालाई पक्राउ गर्न काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सानुराम भट्टराईको टोली कान्तिपुरको कार्यालयमा पुगेको हो ।

कान्तिपुरको न्युज रुम बाहिर प्रहरीको टोलीले सिरोहियालाई कुरेर बसेको छ । न्युज रुमभित्र सिरोहियाका साथै बरिष्ठ अधिवक्ता शम्भु थापा तथा नेपाल पत्रकार महासंघका पदाधिकारीसहितको टोली रहेको छ । सिरोहियाले न्युज रुपमा आफ्नो कुरा राखेपछि गिरफ्तारि दिने बताएका छन् ।

नागरिकतासम्बन्धी कसुरमा अनुसन्धानका लागि सिरोहियालाई पक्राउ गर्न जिल्ला अदालत, धनुषाले मंगलबार अनुमति दिएको थियो ।

सिरोहियाविरुद्ध सर्लाहीका इन्द्रजित महतोले जिल्ला प्रहरी कार्यालय, धनुषामा १६ वैशाख २०८१ मा किटानी जाहेरी दिएका थिए । जाहेरीमा सिरोहियाले फरक–फरक नम्बरका नागरिकताहरु प्रयोग गरिरहेको भन्दै नागरिकता ऐन, २०६३ अनुसारको कसूरमा छानबिन गर्न माग गरिएको थियो ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि